२०७८ बैशाख ४ गते शनिवार

फूलबारीमा ११ बर्षीया बालिका आत्महत्या गरेको अवस्थामा फेला

तुलसीपुर, फागुन २८ । दाङको फूलबारीमा एकजना ११ बर्षीया बालिका झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेकी छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ गाईखुटी निवासी ११ बर्षीया सीता बिक गएराति घर नजिकै रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

बिक स्थानीय सरकारी विद्यालयमा कक्षा ३ मा अध्यनरत थिइन ।

सीता बिहीवार राति ९ बजेतिर झुण्डिएको अवस्थामा फेला परेपछि घर परिवारले प्रहरीलाई खवर गरेको र प्रहरी रातभर शबको सुरक्षाको लागि बसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

शुक्रबार बिहान मात्रै सीताको शब पोष्ट मार्टमका लागि राप्ती प्रादेशकि अस्पताल तुलसीपुरमा ल्याइएको डिएसपी सिंहले बताए ।

सीताको बुवा मञ्जिल बिक रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा छन् । सीता भन्दा मुनि एउटा सानो भाइ र एउटा १४ बर्षीया दिदीपनि रहेको प्रहरीले बताएको छ ।

घटनास्थलबाट इप्रका तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक झकलप्रशाद शर्माले सीताको आमासंग पनि कुरा गर्न बाँकी रहेको बताए । ‘ सीताको आमा बेहोस अवस्थामा हुनुहुन्छ,’ उनले भने ‘ त्यही भएर हामीले आमालाई सोधपुछ गर्न बाँकी नै छ ।’

बेलुका ८ बजेतिर खाना खाने सयम भइसक्दापनि सीता फेला नपरेपछि खोजी घर परिवारले उनको खोजी गर्ने क्रममा झुण्डिएको अवस्थामा फेला परेकी थिइन ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रबक्ता शर्माले बताए ।

 

 

प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *