तुलसीपुर, फागुन २८ । दाङ लमहीको सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने भएको छ।
अनुमति बिना नै उत्पादित सिमेन्टमा नेपाल गुणस्तर चिन्ह (एनएस)राखेको पाइएपछि विभागले कारबाही उक्त उद्योगलाई कारवाही गर्न थालेको हो ।
उद्योगले उत्पादन गर्ने देव सम्राट प्रिमियट ओपिसी सिमेन्टमा गुणस्तरको गलत दाबी गरेको पाइएको हुँदा कारवाही गर्न लागिएको विभागले जारी गरेको बक्तब्यमा भएिको छ ।
फागुन २६ गते काठमाडौंको बाफलमा बजार अनुगमनका क्रममा एक सय बोरा सिमेन्टमा गुणस्तर चिन्ह अंकित गरेको फेला परेको बिभगाले जारी गरेको बक्तब्यमा उल्लेख छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन २८ गते शुक्रवार