२०७८ बैशाख १ गते बुधवार

अर्जुन गिरी अकोराबको अध्यक्षमा निर्वाचित

अकोराबलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता

तुलसीपुर, फागुन २७ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) को केन्द्रीय अध्यक्षमा दाङ तुलसीपुरका अर्जुन गिरी निर्वाचित भएका छन् ।

सातौं अधिबेशन अन्तरगत बिहीवार बिहान काठमाडौंमा भएको मतदानबाट रेडियो तुलसीपुरका स्टेसन म्यानेजर गिरी अध्यक्षमा निर्वाचित भएका हुन । नव निर्वाचित गिरी यस फरककोण अनलाईनका प्रधानसम्पादक हुन । 

अध्यक्ष गिरीको कूल १६१ मत प्राप्त गरेका थिए भने उनका प्रतिपर्धी कपिलदेव खनालले जम्मा १४ मत मात्रै प्राप्त गरेका थिए ।  

निर्वाचनमा कुल  १७८ मत खसेकोमा  ३ मत बदर भएको थियो। गिरी यसअघि अकोराबको केन्द्रीय सदस्य, सचिव, बरिष्ठ उपाध्यक्षमा रहेर काम गरिसकेका ब्यक्ति हुन ।  निर्वाचन पछि प्रतिक्रिया दिदै गिरीले अकोराबलाई एक ढिक्का बनाउन भूमिका खेल्न प्रतिक्रिया दिए। ‘ सामुदायिक रेडियोहरुको बिकाशमा म इमान्दारीका साथ लागि पर्ने छु,’ उनले भने ‘ मेरो जित भनेकै दुरदराजका सामुदायिक रेडियोहरुको जित हो भन्ने बुझ्नु पर्छ ।’ 

उनले आफु सानै उमेरदेखि ग्रामिण भेगबाटै पत्रकारिता र रेडियोमा काम गरेर आएको हुँदा अबपनि सामान्ने नागरिकको सूचनाको हक स्थापित गर्न लागिपर्ने प्रण गरे । 

‘म हिजो गाउँ घरबाट पत्रकारिता गर्दै, संघर्ष गर्दै आएको ब्यक्ति हौं,’ गिरीले भने ‘सामुदायिक रेडियोहरु आजपनि दुरदराजका जनताका लागि सूचनाका एक मात्रै भरपर्दा स्रोत हुन । म ती सुमदायको सूचनाको हक प्राप्तिका लागि लागि पर्ने छु ।’ 

उनले समयसापेक्ष रुपमा  रेडियोलाई प्रबिधि मैत्रि बनाउनु र रेडियोको बिगतको पहिचान जोगाएर राख्नु चुनौतिपूर्ण रहेको भन्दै त्यसका लागि आफु संधै प्रयासरत रहने प्रतिबद्धता जनाए । 

दाङका ४ जना निर्वाचित
अध्यक्षबाहेक अकोराबका अन्य पदहरु सबै सर्वसहमतिमा चयन गएिका छन् । अधिवेशनबाट दाङका शुक्रराज भण्डारी, रोषणमान श्रेष्ठ केन्द्रीय सदस्यमा चयन भएका छन् भने संगीत बस्याल प्रदेश केन्द्रीय सदस्य र हापुरे एफएमका बालकृष्ण पाण्डे प्रदेश सचिवमा  चुनिएका छन् । भण्डारी तुलसीपुरस्थित रेडियो हाम्रो पहुँ, श्रेष्ठ घोराहीस्थित झरना एफएम, बस्याल तुलसीपुरस्थित रेडियो प्रकृति र पाण्डे रेडियो हापुरेको प्रतिनिधित्व गर्छन ।

त्यस्तै अकोराबको सातौं अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा विष्णुदत्त अवस्थी,उपाध्यक्षहरूमा निमेष कर्ण, मिलन गाहा, बन्दना दनुवार र भुवन सिंह चयन भएका छन् ।  

महासचिवमा गोरखाका किशोरजङ्ग थापा, कोषाध्यक्षमा धादिङका सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा चयन भएका छन् । 

अकोराबमा नेपाली कांग्रेस निकट पत्रकारहरूको संस्था नेपाल प्रेस युनियनको नेतृत्वमा नेकपा एमाले र जसपालगायत दल निकट पत्रकाहरुको गठबन्धन तयार गरि निर्वाचनमा होमिएका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *