२०७८ बैशाख १ गते बुधवार

कार्यदल गठन गर्ने जसपाको निर्णय

काठमाडौं, फागुन २५ । उत्पन्न पछिल्लो राजनीतिक घटनाक्रम पछि जनता समाजवादी पार्टीले पाँच सदस्यीय कार्यदल गठन गर्ने भएको छ।सत्ता साझेदारीका लागि पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकले एमाले,कांग्रेस र माओवादी केन्द्रसंग वार्ता गर्न भन्दै कार्यदल बनाउने निर्णय गरेको हो ।

यद्यपी उक्त कार्यदलमा को–को रहने भन्ने भनेर बुधबार मात्रै नाम सार्वजनिक गरिने भएको छ ।
गठित कार्यदलले संविधान संशोधन, सांसद रेशम चौधरीको रिहाइ, कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन कार्यान्वयन लगाएतका विषयमा बिभिन्न राजनीतिक दलहरुसंग छलफल गर्ने छ ।

त्यो एजेण्डाहरूमा सहमति जनाउनेहरुलाई मात्रै सरकारमा समर्थन गर्ने नीति उस्ले अख्तियारी गर्ने शंकेत गरेको छ । जसपाका नेता शरदसिंह भण्डारीले राजनीतिक मुद्दाको आधारमा सहकार्य गरिने जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *