काठमाडौं, फागुन २५ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सकिएपछि प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए।उनीहरूबीचमा के विषयमा कुराकानी भयो ? भन्नेबारे सार्वजनिक भइसकेको छैन । तर, दूई नेताको बीचमा संसद बैठक र सरकारबारे दलहरू भएको हुन सक्ने आशंका गरिएको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार