२०८१ जेष्ठ १५ गते मङ्गलवार

एमालेसँग वार्ता गर्न जसपाले बनायो वार्ता टोली

काठमाडौं,फागुन २५ । जनता समाजवादी पार्टीले नयाँ सरकार गठनलगायतका विषयमा सत्तारुढ नेकपा एमालेसँग वार्ता गर्न २ सदस्यीय समिति गठन गरेको छ ।

वार्ता टोलीमा नेताहरु लक्ष्मणलल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुबै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने भएका छन् ।

त्यसैले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकार कायम राख्न एमालेले अर्को दलको साथ लिनुपर्नेछ ।

नेकपा एमालेले भने नेता सुवासचन्द्र नेम्वाङ र विष्णु पौडेल रहेको समिति बनाएको छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *