२०८१ चैत्र ९ गते शनिवार

विप्लव अब प्रहरीको सुरक्षा घेरा भित्र

काठमाडौं, फागुन २५। गृह मन्त्रालयले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को सुरक्षाको लागि प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ। गत शुक्रबार सार्वजनिक भएका विप्लव खुला राजनीतिमा आएसँगै उनलाई सुरक्षा दिइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। गृह मन्त्रालयबाट भएको निर्देशन अनुसार प्रहरीहरू खटिएका छन् उनले भने।

विप्लवको सुरक्षाको लागि प्रहरी निरीक्षक (इन्स्पेक्टर) को कमाण्डमा १० जनाको टोली खटिएको छ। एउटा अगुवाको गाडी पनि उपलब्ध गरिएको छ। विप्लव काठमाडौंको सामाखुसीस्थित एक घरमा बस्दै आएका छन्। विप्लव केही दिनयता उपत्यकाबाहिर छन्। उनी लुम्बिनी पुगेको छन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *