काठमाडौं, फागुन २४ । प्रचण्ड–नेपाल स्थायी कमिटी बैठकले पूर्वएमाले र पूर्वमाओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ।सोमबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले त्यस्तो निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिए।
आइतवार मात्रै सर्बोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिता ऋषिराम कट्टेललाई प्रदान गरेपछि पूर्व नेकपा एमाले र पूर्व माओवादी केन्द्र पुनः अस्तित्वमा आएका हुन ।
माधवकुमार नेपाल पक्षधरहरुले अब एमालेमै रहेर ओलीसंग आन्तरिक प्रतिपर्धा गर्ने रणनीति अख्तियारी गर्ने एक नेताले बताए ।
प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार