२०८१ चैत्र १३ गते बुधवार

घोराहीस्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा नेकपा एमालेको बोर्ड राखियो

तुलसीपुर, फागुन २४ ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय भरतपुर दाङमा सोमवार बेलुका नेकपा एमालेको बोर्ड राखिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर नेकपाका नेता कार्यकर्ताले पार्टी कार्यालयको नाम परिवर्तन गरि नेकपा एमाले लेखेका हुन ।

ओली समुहका जिल्ला अध्यक्ष हुकुमबहादुर बस्नेतको अध्यक्षता र केन्द्रीय सदस्य मेनका पोखरेलको प्रमुख आथित्यमा पार्टी कार्यालयको बोर्ड बिधिबत रुपमै परिवर्तन गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।कार्यक्रमको सहजीकरण जिल्ला सचिव मनोहर बुढाथोकीले गरेका थिए । त्यस क्रममा उनीहरुले नेकपा एमाले जिन्दाबाद भन्दै नाराबाजी समेत गरेका थिए ।

पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेसंगै उनीहरुले पार्टी कार्यालयमा मैन बत्ति समेत बालेर खुसियाली मनाएका थिए । त्यसक्रममा ‘सैपनि एमाले, मैपनि एमाले’ भन्ने गीत बजाएर नाचगान गरी रमाईलो गरिएको थियो । नाम परिवर्तन पछि नेकपा एमाले जिन्दाबाद, केपी ओली जिन्दाबाद भन्ने नारापनि लगाइएको थियो । सर्बौच्च अदालतको आइतबारको फैसला अनुरुप आफुहरुले पार्टी कार्यालयको नाम परिवर्तन गरेको बस्नेतले जानकारी दिए ।

उनले घोराहीस्थित जिल्ला पार्टी कार्यालय, तुलसीपुरस्थित अञ्चल पार्टी कार्यालय र लमही स्थित क्षेत्रीय पार्टी कार्यालय लगाएत सबै सम्पत्ति अहिलेपनि नेकपा एमालेकै नाममा रहेको हुँदा आफ्नो कार्यालयको नाम परिवर्तन गरेको जानकारी दिए ।

तुलसीपुरस्थित अञ्चल पार्टी कार्यालयमा मर्मत संभारको काम चलिरहेको हुँदा त्यहाँ मंगलवार बोर्ड परिवर्तन गर्ने कि अलि पछि गर्ने भन्ने बारेमा टुँगो लाग्न बाँकी रहेको बस्नेतले जानकारी दिए ।

सर्वौच्चले नेकपाको नाम विवाद फैसला गर्ने क्रममा ऋषि कट्टेललाई प्रदान गरेसंगै नेपाल कम्युनिष्ट पाटी (एकिकृत माक्र्सवादी लेलीनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अलग– अलग राजनीतिक पार्टीको अस्तित्वमा फेरि ब्यूँतिएका हुन ।

सबै तस्विर निशान दाजु भट्टराई। 

प्रकाशित मिति : २०७७ फाल्गुन २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *