२०७८ बैशाख १ गते बुधवार

सर्बौच्चको फैसला पछि अब संसदमा ४ दल मात्रै कायम

काठमाडौं, फागुन २३ । आइतवारको सर्बौच्च अदालतको फैसला संगै अब संसदमा चार दल मात्रै कायम रहने भएका छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी मात्रै अबदेखि संसदको अस्तित्वमा रहने भएका छन् ।

पूर्वएमालेको १ सय २१ सिट रहेको थियो। उस्ले प्रत्यक्षतर्फ ८० सिट र समानुपातिक तर्फ ४१ सिट जितेको थियो। यो बीचमा पूर्ब एमाले बासांसद सानु शिवाको निधन भइसकेको छ । त्यसैले अब उसंग संसदमा १२० सिट रहेको छ।

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ६३ सिट जितेको छ । उसले प्रत्यक्षमा २३ र समानुपातिकमा ४० सिट जितेको थियो।

जसमध्य विजयकुमार गच्छदार भ्रष्टाचार मुद्दामा निलम्बित अवस्थामा छन् । त्यस्तै सांसद मोहम्मद अफताफ आलम जेलमा छन् । त्यसैले काँग्रेस संग हाल ६१ सिट मात्रै छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्रसंग कुल ५३ सांसद छन् । उस्ले प्रत्यक्ष तर्फ ३६ र समानुपातिकमा १७ सिट जितेको छ ।

त्यस्तै जनता समाजवादी पार्टीको एकीकरण पछि अहिले ३४ सांसद रहेका छन् ।
एकीकरण अघि राजपाका १७ र समाजवादी पार्टीका १७ सांसद रहेका थिए। जनता समाजवादीका हरिनारायण रौनियार भ्रष्टाचार मुद्दामा निलम्बित भइसकेका छन् । त्यस्तै रेशम चौधरी जेलमा छन् । त्यसैले जसपाका अब ३२ सांसद मात्रै छन् ।

संसदमा २ सांसद भएका दलले संसदीय दल गठन गर्न पाउने व्यबस्था रहेको छ । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका १÷१ जना सांसद मात्रै रहेको हुँदा उनले संसदीय दल गठन गर्न पाएका छैनन् । त्यस्तै दिपक मनाङ्गे १ जना स्वतन्त्र सांसद छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *