२०८० चैत्र १५ गते बिहिवार

दुर्घटना न्युनीकरणका लागि अटो व्यवसायीलाई सचेतनामुलक कार्यक्रम

तुलसीपुर,फागुन २३ । ट्राफिक सचेतना तथा दुर्घटना न्युनीकरण सम्बन्धी जानकारी सचेतनामुलक कार्यक्रम तुलसीपुरमा सम्पन्न भएको छ ।

शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. तुलसीपुरले तुलसीपुरको आयोजना तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

संस्थाको सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत तुलसीपुरका ७ वटै अटो समिति अन्र्तगत रहेका अटो ब्यबसायी र समितिका अध्यक्ष तथा प्रबन्धकहरुलाई ट्राफिक सचेतना तथा दुर्घटना न्यूनिकरण सम्बन्धी सचेतनामुलक जानकारी दिइएको हो ।

कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्र केसीले ट्राफिक ब्यबस्थापन ,दुर्घटनाका कारणहरु र अपनाउनु पर्ने साबधानीहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा पश्चिम छहरा यातयात प्रा.ली.का अध्यक्ष मोहन बिकले सहकारी संस्थाले आफुहरुको बचत सुरक्षित रहन संस्था दिगो रहनुपर्ने बताए ।

उनले सहकारीले बचतमा मात्र सिमित नभई सामाजिक जिम्मेबारी बहन गर्दै सहकारी प्रतिको घट्दो जनविश्वासलाई कम गरी उदाहरणीय बन्नुपर्नेमा जोड दिए

यस्ता खालका कार्यक्रम गर्नु आफैमा प्रशंसनिय रहेको बताउँदै उनले आगामि दिनहरुमा पनि यहाँका प्रत्येक नागरिक र सरोकारवालाहरुसगं सहकार्य गरेर सचेतनामुलक कार्यक्रमहरु गर्नुपर्ने बताए ।

कार्यक्रम शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि. तुलसीपुरका शाखा प्रमुख थानेश्वर जोशीको अध्यक्षतामा भएको थियो ।

 

 

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *