२०८० चैत्र ६ गते मङ्गलवार

अब केपी ओली प्रधानमन्त्रीका रुपमा एक हप्ता दिन मात्रै रहन्छन् – मेटमणि चौधरी 

दाङ, फागुन २३ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड– नेपाल समुहका नेता तथा दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले अब प्रधानमन्त्री केपी शर्मा ओली उक्त पदमा हप्ता दिन जति मात्रै रहने बताएका छन् ।

फरककोणसंग कुरागर्दै नेता चौधरीले प्रधानमन्त्री ओली बिरुद्ध मंगलवार सम्म अबिश्वासको प्रस्ताब दर्ता हुने र त्यसको केही दिन औपचारिकता पुरा गरि उनले हटाइने दाबी गरे ।

‘ आइतवार नै अविश्वासको प्रस्ताब दर्ता गर्ने भन्ने थियो, तर त्यो संभव नहोला जस्तो भयो,’ उनले भने ‘ नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीसंग थप छलफल गरि मंगलवार सम्म अविश्वासको प्रस्ताब ल्याउने गरि छलफल भएको छ ।’

उनले नेपाली काँग्रेस, जनता समाजबादी पार्टी र नेकपा प्रचण्ड– माधव समुहले संयुक्त रुपमा अविश्वासको प्रस्ताब दर्ता गर्ने गरि सहमतिको प्रयास भइरहेको बताए ।

संसदमा कुल २७५ जना सांसद मध्य बहुमत पुग्न १३८ जना भए पुग्छ । नेता चौधरीले भने ‘ काँग्रेस, राजपा र हामी गरेर १८४ बढी सांसद भए स्वतह बहुमत पुग्छ।’

उनले आफुहरु संग ९४ जना संसद रहेको र ओली पक्षसंग जम्मा ६० जति मात्रै संसद रहेको जिकिर गरे ।

चौधरीका अनुसार नेपाली काँग्रेसका ६१÷६२, राजपाका ३१÷३२ र केही स्वतन्त्र सांसद समेत आफुहरुको पक्षमा रहेको बताए ।

संसद किनबेचको सवालमा उनले आजका सांसद २०४८ वा २०५१ सालका जस्ता बिक्रि हुने सांसद नरहेको भन्दै केपी पक्षले पैंशाको गाडीसहित जति धाएपनि मन्त्री बनाइदिने आश्वासन दिएपनि कुनै सांसद यो पटक बिक्रि नहुने जिकिर गरे ।

नेता चौधरीले अबको प्रधानमन्त्री प्रचण्ड हुने संभावना औंल्याए ।

‘अब संसदमा सबैभन्दा लार्जेष्ट पार्टी हामी नै हुन्छौं,’ चौधरीले भने ‘ त्यसो हुँदा ठूलो पार्टीले सरकारको नेतृत्व गरे प्रचण्ड अबको प्रधानमन्त्री बन्ने अवस्था देखिएको छ।’

प्रधानमन्त्री केपीले गत बैशाखमा पनि अध्यादेश ल्याएर फिर्ता गरेको र अहिले संसद बिघटन गरी गौरसंवैधानिक काम गरेको हुँदा उक्त पदमा बस्ने आधार गुमाई सकेको उनले बताए ।

‘केपी ओलीले पदबाट राजीनामा दिए राम्रो,’ चौधरीले भने ‘ यदी दिएनन् भनेपनि अब केपी ओली बहुमतबाट हटाइन्छन् । अब ६÷७ दिन मात्रै प्रधानमन्त्री रहने छन् ।’

हठी, दम्भी स्वाभबका ओलीकै कारण दूई तिहाई बहुमत नजिकको कम्युनिष्टको सरकार ढल्ने निश्चित भएको उनले बताए ।

‘केपीको सरकार नढली सुखै छैन,’ चौधरीले भने ‘ कि भने देशलाई केपीले चाहे झैं निरुङकुशताको बाटोमा जान दिनु प¥यो, हैन भने अब उनलाई हटाउनुको बिकल्प छैन।’

उनले सहमतिमा नेपाली काँग्रेसले राष्ट्रपति पनि पाउन सक्ने धारणा राखे ।

‘ बिद्यादेबी धण्डारीले राष्ट्रपतिको जिम्मेवारी नै पुरा गर्न सक्नु भएन,’ उनले प्रश्न गरे ‘ आफ्नो भूमिकानै थाहा नपाउने र एउटा मान्छेको मात्रै गोटी बन्ने व्यक्तिलाई राष्ट्रपति बनाएर के गर्नु, हामी उहाँलाई पनि हटाउने छौं ।’

त्यस्तै नेता चौधरीले सूर्य चिन्हपनि आफुहरुले नै पाउने जिकिर गरे ।

‘ हाम्रो पार्टीको ४४१ केन्द्रीय कमिटी मध्य हाल ४३१ जना जति सदस्य छन्,’ उनले भने ‘ त्यसमा हाम्रोमा ३०० जना हुनुहुन्छ र ओलीको जम्मा १०० जना भने हाम्रै बहुमत पुग्छ र हामीले नै सूर्य चिन्ह प्राप्त गर्छौं, यसमा कसैले दोबिधा नपाले हुन्छ ।’

 

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *