२०८१ बैशाख १९ गते बुधवार

फुटसलको उपाधि तिनाउ सिटीले जित्यो


तुलसीपुर, फागुन २२ । दाङको तुलसीपुरमा भएको ईन्टर रोटरी–रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्टको उपाधि रोट्रयाक्ट क्लब अफ तिनाउ सिटीले जितेको छ । रोटरी क्लब अफ तुलसिपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा ‘द लेजेण्ड फुटसल ग्राउन्ड’ मा शनिबारको फाईनल खेलमा रोट्रयाक्ट क्लब तुलसीपुरलाई ३ का विरुद्ध ११ गोलको फराकिलो अन्तरले पराजित गर्दै तिनाउ सिटीले उपाधि जितेको हो ।

उपाधि संगै उस्ले नगद ३० हजार ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको छ । फाईनलमा पराजय ब्यहोरेको रोट्रयाक्ट क्लब अफ तुलसीपुर सिटीले उपबिजेटतामा चित्त बुझाउँदै नगद १० हजार,ट्रफी तथा प्रमाणपत्र प्राप्त ग¥यो ।

आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेलको बिकासमा टेवा पु¥याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्रयाक्ट क्लबका ८ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताको समापन समारोह रोटरी क्लब अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष नवराज लामिछानेको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको सहजीकरण रोटरी क्लब अफ तुलसीपुर सिटीका महासचिव देवेन्द्र केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *