तुलसीपुर, फागुन २२ । गिरीको समाधि आइतवार सुकदेवामा जातिय परम्परा अनुसार स्वर्गिय लोकमणि गिरीको समाधि आइतवार पुर्खेउली गाँउ दंगिशरण गाउँपालिका वडा नं. ४ सुकदेवा गाउँमा गरिने भएको छ ।
गिरीको पार्थिब शरिर अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्न नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोईरालासहित नेताहरु दाङ आउने प्रदेश सभा सदस्य शंकर गिरीले जानकारी दिए ।
‘उहाँ आइतवार बिहान आएर पार्टीको झण्डा ओढाई फेरि संसद बैठकका लागि फर्किन्छु भन्नु भएको छ,’ प्रदेशसभा सदस्य गिरीले भने ‘तुलसीपुरमै नेताहरुले अन्तिम श्रद्धाञ्जली व्यक्त गरेपछि समाधिको लागि बिहान ९ बजेतिर सुकदेवा लगिने छ ।’
गिरीको एकाएक निधनको खवर सार्वजनिक भएपछि जिल्लामा उपलब्ध नेपाली काँग्रेस लगाएत बिभिन्न पार्टीका नेता कार्यकर्ता तुलसीपुरस्थित गिरीको घरमा श्रद्धाञ्जलीका लागि पुगेका छन् । शनिवार नै मृत्यु पछि अस्पताल बाट गिरीको पार्थिब शरिर तुलसीपुरस्थित घरमा ल्याइएको छ ।
