२०७८ बैशाख १ गते बुधवार

कम्युनिष्टहरू विद्रोहमात्र गर्दैनन्, शान्तिका दूत पनि हुन – बिप्लव

दाङ, फागुन २१ ।नेकपा महासचिव नेत्रविक्रम चन्द (बिप्लव) ले कम्युनिष्टहरू विद्रोहमात्र नभएर शान्तिका दूत समेत रहेको बताएका छन् ।सरकार र नेकपा बीचमा भएको वार्तापछि शुक्रवार काठमाडौंमा सार्वजनिक हुँदै बिप्लवले भने ‘कम्युनिष्टहरु बिद्रोह मात्रै गर्दैनन्, कम्युनिष्टहरू शान्तिका दूत पनि हुन ।’ उनले जतिबेला अन्याय हुन्छ त्यसबेला कम्युनिष्टहरूले विद्रोह गर्ने बताए ।

‘ हाम्रा मान्यता र आकांक्षामा धावा बोले विद्रोह हुन्छ,’ उनले भने ‘तर, कम्युनिष्ट शान्तिका दूतपनि हुन ।’

हिजो पनि संविधान लेखन र संसदीय व्यवस्था पूँजीवादी व्यवस्थामा सहमत नभएको भन्दै उनले विद्रोह गरेको सम्झिए।

‘नेपालमा आज कसैले पनि सुरक्षित अनुभूति गर्ने स्थिति छैन। सबै पार्टी सबै नेता र जनतालाई जीवनमाथि आफैं हावी भइरहेको छ, अब नयाँ प्रयोग जनमत हो। हामी तयार छौं। युद्धको अन्त्य कसैले गर्छ भने कम्युनिष्टले नै गर्छ ।’

सबै उत्पीडितलाई जनताको न्यायपूर्ण समाज बन्ने विचार, दृष्टिकोण बन्छ भने सहमति हुने र त्यसलाई आफुहले पालना गर्ने उनले बताए ।

‘हामी स्वतन्त्रमुक्त आकाशमा शान्तिपूर्वक हिँड्न चाहन्छौँ। अब हाम्रा सहकर्मी योद्धाहरुलाई सरकारले मुक्त गर्ने विश्वास गरेका छौं,’ विप्लवले भने, ‘आजको सहमति सरकार र एउटा दलबीच भएको सहमति मात्रै होइन, युवाहरुको चाहना अनुसार देशको समृद्धिका लागि गरिएको सहमति हो ।’

उनले सामाजिक रुपान्तरण अझै नपुगेको भन्दै घाम र जुनको पनि भेट हुने विश्वाश व्यक्त गरे । त्यतिबेला उनले गाउँमा बस्ने सहिद आमाले टिका लगाइदिएर आफुलाई बिदाई गरेको स्मरण गरे ।

‘आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदको चाहना पूरा भइसकेको छैन, नेपालका जनताको चाहना पूरा भएको छैन,’ उनले भने ‘हामी दुःख गरिखाने नेपालीको चाहना पूरा भएको छैन।’उनले सहितको सपना पुरा हुने विश्वास ब्यक्त गरे ।

सरकारसँग भएको तीन बुँदे सहमतिमा देशलाई आत्मनिर्भर र स्वाधीन बनाउने सपना रहेको बताएका छन् ।
उनले देशमा दीर्घ शान्ति, समृद्धिको आकांक्षा पनि यो सहमतिमा रहेको बताएका छन् ।

प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *