काठमाडौं, फागुन २१ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई चयन गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको संसदीय दलको बैठकले प्रचण्डलाई संसदीय दलको नेता चुनेको हो।
यो समूहले प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट यसअघि नै हटाइ सकेको छ । संसदीय दलको नेता बनेपछि प्रचण्डले आफूहरूसँग स्पष्ट बहुमतले नेता चुनेको प्रतिक्रिया दिएका छन् ।
उनले भने ‘ओलीसंग गणपूरक संख्या पनि पुग्दैन । यसले वैधानिकता पाओस भनेर हामीले कानुन व्यवसायीहरूसँग पनि छलफल गरिसकेका छौं।’बैठक जेष्ठ सदस्य बरिष्ठ नेता झलनाथ खनालले सञ्चालन गरेका थिए ।
प्रकाशित मिति : २०७७ फाल्गुन २१ गते शुक्रवार