काठमाडौं, फागुन २० । गृह मन्त्रालयले नेत्र विक्रम चन्द विप्लव समूहका नेता तथा कार्यकर्ता रिहा गर्न सर्कुलर जारी गरेको छ।गृह प्रशासनले बिहीबार बेलुकी बिभिन्न मितिमा पक्राउ परेका बिप्लवका नेता तथा कार्यकर्तालाई रिहा गर्न सर्कुलर जारी गरेको हो ।
उस्ले प्रहरी प्रधान कार्यालय, नक्साल र जिल्ला प्रशासन कार्यालयहरुमा सर्कुलर पठाइएको छ ।
जसमा जिल्ला प्रशासन कार्यालयको कार्य क्षेत्रभित्र पर्ने मुद्दा भए त्यसलाई प्रक्रिया पु¥याएर शुक्रबारसम्म छाड्न भनिएको छ । त्यस्तै प्रशासन कार्यालय बाहेक अन्त मुद्दा रहेकाहरुमो हकमा भने विवरण मागिएको छ ।
यअसघि मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि करिब बिगत दूई बर्षदेखि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो ।
बिहीवार मात्रै सरकार र बिप्लबका बीच तीन बुँदे सहमति भएको थियो। यसैबीच शुक्रबार दिउँसो २ बजे पछि एउटै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव बिप्लवले सार्वजनिक समारोहका बीचमा सहमतिको विस्तृत विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको जानकारी दिइएको छ ।