काठमाडौं, फागुन २० । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीसहित केही नेताहरुलाई कारबाही गरिएका जानकारी संघीय संसद् सचिवालय र सभामुखलाई गराएको छ ।
बिहीबार प्रमुख सचेतक देव गुरुङसहित नेताहरू सुरेन्द्र पाण्डे, पम्फा भुसाललगाययत नेताहरू सिंहदरबारस्थित संघीय संसद् सचिवालय सिंहदरबार पुगेर दलका नेता ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरीलगायतलाई कारवाही गरिएको जानकारी दिएका हुन ।
गत माघ १९ गतेको केन्द्रीय कमिटीको बहुमत सदस्यको बैठकले प्रधानमन्त्री समेत रहेका ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरि कारबाही गरेको थियो । यो घटनाले प्रचण्ड– नेपाल समुह प्रधानमन्त्री ओलीलाई संसदीय दलको नेताबाट समेत हटाउने अभ्यासमा लागेको बिश्लेशन हुन थालेको छ ।
प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार