२०८१ चैत्र १४ गते बिहिवार

अझै खेलकुदलाई हेर्ने दृष्टिकोण साघुँरो छ – अध्यक्ष बस्नेत

एकाडमीको पहिलो प्राथमिकतामा क्रिकेट

तुलसीपुर,फागुन २० ।दाङको तुलसीपुरमा तुलसीपुर स्पोर्टस एकाडेमी प्रालि सञ्चालनमा आउने भएको छ । दाङ जिल्लाको सम्रग खेल क्षेत्रलाई उचाईमा पु¥याउन र उत्कृष्ट खेलाडीहरु उत्पादन गर्नका लागि एकाडेमी सञ्चालनमा ल्याउन लागिएको बिहीवार तुलसीपुरमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ ।

तुलसीपुर स्पोर्टस एकाडेमी प्रालिका अध्यक्ष लक्ष्मण बस्नेतले अझै पनि खेलकुदलाई मानिसले हेर्ने दृष्टिकोण साघुँरो रहेको र यसलाई चिर्न राम्रा खेलाडीहरु उत्पादन गर्न आवश्यक रहेको बताए ।उनले जिल्लाको खेलकुदको इतिहासलाई हेर्दा आफुहरु २० औँ वर्ष पछाडी परेको स्मरण गरे ।

‘विगतको खेलकुद राष्ट्रिय÷अन्तराष्ट्रिय स्तरमा पुगेको थियो । दाङका खेलाडीहरुले ख्याती कमाएका थिए र राष्ट्रको शिरलाई ठाडो बनाउने उचाई प्राप्त गरेका थिए,’ बस्नेतले भने,–‘पछिल्लो अवस्थामा त्यो निरन्तरता हुन सकेन । दाङमा अझै पनि गुणस्तरीय खेलाडी उत्पादन हुन सकिरहेका छैनन्,त्यसको पछाडिको कारण बेवास्ता हो ।’

समय परिबर्तन सगंसगै युगको माग अनुसार जिल्लाको खेल क्षेत्र जान नसक्नु कमजोरी भएको बताए । दाङका खेलाडीहरुले कमाएको ख्याती पछिल्लो समय गुमनाम अवस्थामा रहेको बताउँदै उहाँले परम्परागत तरिकाले भन्दा पनि अपेक्षाकृत नतिजा ल्याउनका लागि एकाडेमीको हिसावले जान जरुरी रहेको तर्क गरे ।

विगत लामो समयदेखि खेल क्षेत्रमा आवद्ध रहदै आएका ८ जना युवा खेलाडीहरु मिलेर तुलसीपुर स्पोर्टस एकाडेमी प्रालि दर्ता प्रक्रियामा ल्याइसकेको पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।

अहिले तुलसीपुर ९ बेलुवामा उक्त एकाडेमीको भवन निमार्ण अन्तिम चरण रहेको छ । भवनको आउँदो चैत ९ गते उद्घाटन गर्ने लक्ष्य राखिएको छ ।

कार्यक्रममा त्रिशिद्धेश्वरी स्पोर्टस क्लवका अध्यक्ष कमल डाँगीले नीजि सघं सस्थाहरुबाट मात्रै जिल्लाको खेल क्षेत्रले फड्को मार्ने आशा व्यक्त गरे ।

तुलसीपुर स्पोर्टस एकाडेमी प्रालि सञ्चालनमा आइसकेपछि समुह अनुसार प्याकेज बनाइएको र सोही अनुसार कक्षाहरु सञ्चालन गर्ने उनले जानकारी दिए । त्यसमा महिला पुरुष खेलाडीहरु सहभागी हुन पाउने उनले जानकारी दिए ।

उनका अनुसार एकाडेमीमा महिला खेलाडीलाई रजिष्टेशन शुल्क लाग्ने छैन । त्यस्तै प्रतिभावान खेलाडीहरुका लागि वर्षमा ५ जनालाई निशुल्क खेलाइने छ ।एकाडेमीले पहिलो चरणमा क्रिकेटलाई प्राथमिकता दिने उनले बताए । दोश्रो चरणमा कराते,भलिवल,टेवलटेनिस लगाएतका खेललाई प्राथमिकता राखेर काम गर्ने उनले बताए ।

कार्यक्रममा रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी,पत्रकार जितसागर जिएम लगाएतले धारणा राखेका थिए । सो अवसरमा युवा खेलाडी क्षेत्रप्रकाश वलीलाई सम्मान गरिएको थियो । वलीले त्रिशिद्धेश्वरी स्पोर्टस क्लवलाई ५० हजार रुपंैया सहयोग गरेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर स्पोर्टस एकाडेमीका सदस्य सञ्जोक गिरीले गरेका थिए ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *