काठमाडौं, फाल्गुन २०। राप्रपा अध्यक्ष कमल थापाले सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’बीच भएको सहमति स्वागत योग्य रहेको बताएका छन् ।
आज (बिहीवार) सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ऐतिहाहिक ३ बुँदे सहमति भएपछि सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै अध्यक्ष थापाले नेपाल सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति सकारात्मक रहेको प्रतिक्रिया जनाएका हुन् ।
नेपाल सरकार र नेकपा विप्लव समुहका बिचमा भएको सहमति सकारात्मक छ।सम्वाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागत योग्य छ।
— Kamal Thapa (@KTnepal) March 4, 2021
प्रकाशित मिति : २०७७ फाल्गुन २० गते बिहिवार