२०८१ बैशाख ७ गते शुक्रवार

तुुलसीपुरमा हुने फुटसल टुनामेन्टमा ३ प्रदेश सहभागि हुने

लक्ष्मण बस्नेत, तसलसीपुर, फागुन १९ । दाङको तुलसीपुरमा इन्टर रोटरी – रोट्रयाक्ट क्लब फुटसल टुनामेन्ट हुने भएको छ ।रोटरी क्लब अफ तुलसीपुर सिटी र रोट्रयाक्ट क्लब अफ तुलसीपुरको संयुक्त आयोजनामा हुने प्रतियोगिता फागुन २१  देखि २२  गते सम्म हुने भएको छ ।

आपसी भाईचारा कायम राख्न तथा ब्यवसायिक फुटसलको बिकासमा टेवा पुगोस भन्ने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी तथा रोट्रयाक्ट क्लबका ८ टिमको सहभागिता रहने प्रतियोगिताका संयोजक रुपेश शर्माले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ३० हजार, दृतियले १० हजार मेडल, प्रमाणपत्र प्राप्त गर्ने संयोजक शर्माले बताए ।प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने वेष्ट प्लेयरलाई पनि पुरस्कार पनि प्रदान गरिने भएको छ । खेलहरु नकाउटका आधारमा खेलाइने भएको छ। प्रतियोगिता तुलसीपुर ६ स्थित ‘द लेजेण्ड फुटसल ग्राउन्डमा’ हुुने छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *