२०८१ चैत्र १४ गते बिहिवार

कैलालीको डल्फिन फिड र रुकुम पश्चिम भलिबल उपाधिका लागि भिड्ने


तुलसीपुर, फागुन १८ । कैलालीको डल्फिन फिड र रुकुम पश्चिम जिल्ला उपाधिका लागि बुधवार भिड्ने भएका छन् ।फागुन १५ गतेदेखि तुलसीपुरमा जारी खुला भलिबल प्रतियोगिता अन्तरगत यी दुबै टिमले मंगलवार फाइनमा उपाधिका लागि भेट्ने निश्चित गरेका हुन ।

पहिलो सेमिफाइनल खेलमा पिवाईसी रुकुमलाई २५–२०,२५–१६ र २५–१० अर्थात ३–० को सोझो सेटमा पराजित गर्दै डल्फिन फिड कैलालीले फाईनल यात्रा निश्चित गरेको थियो । त्यस्तै दोस्रो सेमिफाइनल खेलमा हिरा डाँगी फाउन्डेसन तुलसीपुरलाई २५–१७,२५–१९ र २५–१८ अर्थात ३–० को सोझो सेटमा हराउँदै पश्चिम रुकुमले फाईनलको यात्रा तय गरेको हो ।

नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा जारी प्रतियोगिता अन्तरगत उपाधी होडमा रहेका दुबै टिममा राष्ट्रिय खेलाडिको वर्चस्व रहेको छ । त्यही भएर बुधवार दिउँसो २ बजे अरनिको हुने फाईनल खेल कडा निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

प्रतियोगिता मुल समितिका संयोजक एवं नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष जयन्द्रबहादुर चन्दले खेलमा उत्साह थप्नका लागि दर्शकहरुलाई निम्ता गरिएको बताए । चन्द सरकारद्धारा प्रतिबन्धित नेत्र बिक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिवका बिप्लवका सहोदर दाजु हुन ।

त्यसअघि तृतिय स्थानका बुधबार बिहान ८ बजे हिरा डाँगी फाउन्डेसन तुलसीपुर र पिवाईसी रुकुमका बीचमा प्रतिपर्धा हुने भएको छ । त्यसपछि आयोजक र प्रतियोगिता समापन समारोहका अतिथिका बीमाच बिहान १० बजे खसी बाजी प्रतियोगिता हुने महासंघका महासचिव बिनोद चन्दले जानकारी दिए ।

प्रतियोगिताको बिजेता,उपबिजेता, तृतिय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद एक लाख, ५० हजार , २५ हजार र १५ हजार कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । फागुन १५ गतेदेखि सुरु भएको प्रतियोगिता चारदिन पछि फागुन १९ मा समापन हुँदै छ । प्रतियोगितमा १२ टिमको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *