२०७८ बैशाख ४ गते शनिवार

तुलसीपुरका ऋषिश्वर परियारको नाममा विश्व कीर्तिमान


तुलसीपुर, फागुन १८ । दाङ तुलसीपुरका ऋषिश्वर परियारले विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ राना गाउँका २९ बर्षीय परियारले Most Jumping Jacks in one Minute बिधामा विश्व कीर्तिमान कायम गरेका हुन ।

परियारले त्यसका लागि सन २०२० को जनवरी ३१ तारिकमा आवेदन अप्लाई गरेका थिए ।तुलसीपुरको अरनिको मैदानमा कार्यक्रम गरि परियारले एक मिनेटमा १२३ पटक पिटी जस्तै गरि खेलिने हात खुट्टा दुबै संगै चलाउने अभ्यास गरेको भिडियो इमेल मार्फत विश्व रेकर्डको कार्यालयमा पठाएका थिए ।त्यो भिडियो अबलोकन पछि गिनिज वर्ड रेकर्डले ऋषिश्वरलाई बिश्वकीर्तिमान दिएको हो ।

परियारको नाममा यो रेकर्ड केही दिन अगाडि नै घोषणा भएपनि त्यसको सूचना मंगलबार मात्रै आफुले पाएको उनले जानकारी दिए । परियारले सुरुमा दूई हातले टेकेर हिड्ने रेकर्डको लागि प्रयास गरेका थिए । त्यसमा सफल नभएपछि उनले गत बर्ष नयाँ बिधामा रेकर्डका लागि प्रयास गरेका थिए ।

जसमा उनी सफल भएर आफ्नो नाममा विश्वकीर्तिमान बनाएका छन् । यसअघि दाङकै स्वर्गिय चन्द्रबहादुर डाँगी विश्व कीर्तिमान बनाएका थिए । उनले सबै भन्दा होचो ब्यक्तिका रुपमा उक्त कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *