२०८१ माघ ३ गते बिहिवार

अनिश्चित बन्यो, तुलसीपुर खाने पानीको निर्वाचन

तुलसीपुर, फागुन १६ ।  तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचन अनिश्चित बनेको छ । 

उच्च अदालत तुलसीपुरको आइतबारको आदेशका कारण खाने पानीको निर्वाचन अनिश्चित बनेको हो । 

आइतार उच्च अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दा सम्म निर्वाचन नगराउन आदेश दिएको हुँदा फागुन २२ गते निर्वाचन तोकिएको खानेपानीको निर्वाचन अनिश्चित बनेको हो । 

तुलसीपुर खानेपानीकी पूर्व कर्मचारी तथा उपभोक्ता एमुना शाहले फागुन १२ गते उच्च अदालत तुलसीपुरमा खानेपानी संस्थाले साधारण सभा समेत नगरी संस्थाको नयाँ नेतृत्व चुन्न निर्वाचन गर्न खोज्नु गैरकानुनी रहेको भन्दै  रिट हालेकी थिइन । 

जसमा सुनवाई गर्दै अदालतले खानेपानी संस्थालाई फागुन १६ गतेसम्म निर्वाचन सम्बन्धी कुनैपनि गतिविधि सञ्चालन नगर्न आदेश दिएको थियो । 

आइतवार फेरि निवेदकको तर्फबाट अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने सन्दर्भमा निवेदकको तर्फबाट पाँच जना र बिपक्षीको तर्फबाट सात जना अधिबक्ताले बहस गरेका थिए । 

निवेदकको तर्फबाट बरिष्ठ अधिबक्ता डिल्लीराज धिताल, अधिबक्ताहरु शालिकराम रेग्मी, भगवान रेग्मी, अरुणकुमार आचार्य र मधुसुदन गौतमले बहस गरेका थिए । 

त्यस्तै बिपक्षी तुलसीपुर उपमहानगरपालिकाको कार्यालय र नगरप्रमुखको तर्फबाट बरिष्ठ अधिबक्ता बामदेब शर्मा, अधिबक्ताहरु प्रकाश रेग्मी र बिनु श्रेष्ठले बसह गरेका थिए । 

त्यस्तै बिपक्षी तुलसीपुर खाने पानी तथा उपभोक्ता सरसफाई संस्थाको तर्फबाट अधिबक्ताहरु मोहनप्रशाद धिताल, रामशरण चौधरी, पुष्करबहादुर भण्डारी र सुनिल धिताले बहस गरेको उच्च अतालका सूचना अधिकारी भूपाल भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *