काठमाडौं, फागुन १५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुर्नंस्थापनापछि सरकार झन बलियो भएको बताएका छन ।
काठमाडौंमा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुर्नंस्थापना पछि थप बलियो भएको भएको बताए ।
‘संसद पुर्नंस्थापित भइदिँदाखेरि अब हामी संसदमा फेरि फर्किएका छौं,’ उनले भने ‘यसले त प्रधानमन्त्री केपी ओलीलाई झनै बलियो बनाएको छ ।’उनले अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै प्रधानमन्त्री ओलीले त्यसको सामना गर्ने बताए।
निर्वाचन आयोगलाई दिएको कागजमा पहिलो अध्यक्ष ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको हुँदा हालसम्म कानुनी रुपमा पार्टी एक नै रहेको उनले बताए ।
प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते शनिवार