बिराटनगर , फागुन १५ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसले अहिले सरकारमा जाने बारे बेमौसमी कुरा गरेर हिँड्न नसुहाउने बताएका छन् ।
नेपाल निजामती कर्मचारी युनियन मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रमलाई शनिवार सम्वोधन गर्दै नेता कोईरालाले कांग्रेसलाई पाँच वर्ष प्रतिपक्षमै बस्ने म्याण्डेट रहेको हुँदा अहिले सरकारमा जाने हतार गर्न नहुने नेता बताएका हुन ।
नेकपा अझै विभाजन भई नसकेको हुँदा नेकपाको एउटा समुहललाई बोकेर हिड्न नहुने भन्दै उनले कांग्रेस पर्ख र हेरको रणनीतिमा बस्नु उपयुक्त हुने बताए । नेता कोईरालाले बरु काँग्रेस यतिबेला महाधिवेशनमा केन्द्रित हुनुपर्ने बताए।
प्रकाशित मिति : २०७७ फाल्गुन १५ गते शनिवार