२०८१ बैशाख १२ गते बुधवार

लिखित परीक्षा भएन, बाबु अन्तरबार्तामा बसे, छोरी पास भइन

तुलसीपुर, फागुन १४ । घोराही उपमहानगरपालिकाका प्रशासन शाखा प्रमुख बासुदेब आचार्य माथि आफ्नै छोरी दिपा आचार्यको अन्तरबार्तामा बसेर छोरीलाई पास बनाएको आरोप लागेको छ ।

घोराही उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, तथा अव्यवस्थित बसोबासीको लगत संकलन तथा लगत प्रविष्टकर्ताका लागि करार कर्मचारीको आवेदन गत पुस २६ गते मागे पछि त्यसमा घोराही २ निबासी दिपा आचार्यले पनि निवेदन दिएकी थिइन ।

दिपा बासुदेबकी जेठी छोरी हुन । दिपा पास भएपछि अहिले उनका बाबु बासुदेव समेत अन्तबार्ता लिन आफैं बसेको तथ्य उजागर भएको छ ।

त्यो कुरा बासुदेवले पनि स्वीकार गरे । तर, उनले अन्तरवार्तामा आफु मात्रै एक्लै नबसेको स्पष्ट पारे ।

‘कार्यकारी अधिकृत र एकजना बिज्ञ सदस्य समेत अन्तरवार्तामा बस्नु भएको थियो,’ उनले भने ‘ मेरी छोरी दिपा क्षमता र योग्यताको आधारमा छनोटमा परेकी हुन ।’

उपमहानगरपालिकाको करारमा कर्मचारी व्यवस्थापन गर्ने कार्यबिधि रहेको र त्यही कार्यबिधि अन्तरगत मूल्याङकन भइ आफ्नी छोरी अन्तवार्तामा उत्तिर्ण भएको उनले जिकिर गरे ।

करारमा कर्मचारी नियुक्त गर्दा उपमहानगरपालिकाले लिखित परीक्षा गराएको थिएन । अन्तरवार्ता मात्रै गराएको थियो ।

व्यक्तिको योग्यता र क्षमताका आधारमा पास वा फेल हुने हुँदा त्यसमा आफुलाई नजोड्न उनले आग्रह गरे ।
यसबारे घोराहीका मेयर नरुलाल चौधरीले अनभिज्ञता प्रकट गरे ।

घोराहीकै एकजना वडाध्यक्षले भने बाबु अन्तरबार्तामा बसेर मिलेमतोमा आफ्नै छोरीलाई छनोट गरिएको भन्दै त्यसको निष्पक्ष छानविन हुनुपर्ने माग गरे ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *