२०८१ फाल्गुन ६ गते मङ्गलवार

बामदेवले मागे प्रधानमन्त्री ओलीको राजीनामा


दाङ, फागुन १२ । नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । बुधबार बिहान विज्ञप्ति जारी गरेर गौतमलजे प्रधानमन्त्री ओलीको राजीनामा माग गरेका हुन ।

सर्बौच्चले फागुन ११ गते प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको दिनलाई उपाध्यक्ष गौतमले ऐतिहासिक दिनको संज्ञापनि दिएका छन् ।

उनले सर्बौच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको उल्ेलख गरेका छन् ।

उनले निरंकुशता स्वेच्छाचारीता, अराजकता र दुराचारीताको पराजय भएको तथा संविधान, कानुन, लोकतन्त्र र जनताको सर्वभौमिकताले पुनर्विजय प्राप्त गरेको बताएका छन् ।

त्यस्तै उनले राष्ट्रपतिलाई प्रेस विज्ञप्ति मार्फत संवैधानिक इजलासको निर्णयलाई स्वागत गर्दै प्रतिनिधि सभा अधिवेशन आह्वान गर्न सुझाएका छन् ।

दोस्रो बुँदामा उनले प्रधानमन्त्री ओलीलाई ढिला नगरी तुरून्त राजीनामा दिनु आग्रह गरेका छन् ।गौतमले तेस्रो बुँदामा दुबै अध्यक्ष ओली र प्रचण्डसँग तुरुन्तै सचिवालय बैठक बोलाउन अनुरोध पनि गरेका छन् ।गौतम प्रधानमन्त्री ओलीले पुस ५ मा प्रतिनिधि सभाको विघटन गरेपछि कुनै समूहमा नलागेका नेता हुन ।

प्रकाशित मिति : २०७७ फाल्गुन १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *