२०८१ बैशाख १४ गते शुक्रवार

संसद पुर्नंस्थापना हुँदा तुलसीपुरमा दीप प्रज्वलन

तुलसीपुर, फागुन ११ । सर्बौच्च अदालतले संसद पुर्नंस्थापना गरेपछि तुलसीपुर दीप प्रज्वलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अन्तरगत प्रचण्ड–नेपाल समुहले मंगलबार बेलुका दीप प्रज्वलन गरेको हो । नेकपा तुलसीपुर नगर कमिटीले दीप प्रज्वलन पछि विपी चोकमा कोणसभा पनि गरेको छ ।

सभालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले बर्षौंंपछि जनताका प्रतिनिधिले निर्माण गरेको जनसंविधानको घाँटे रेट्ने केपी ओलीको सपना बिफल भएको र जनताको जित भएको बताए ।

‘सर्बौच्चको फैसलाले सत्यको जित भएकार छ,’ उनले भने ‘ यसले भविस्यमा अरुलाई पनि संविधान बिपरित नजान सन्देश समेत दिएको छ ।’

उनले सर्बौच्चको फैसलाले देशलाई बर्बादीको मार्गबाट जोगाएको समेत बताए । अदालतको फैसलाले बिधि र बिधान भन्दा माथि कुनैपनि ब्यक्ति हुन सक्दैन भनेर प्रमाणित गरेको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर नगर कमिटी अध्यक्ष खुसिराम चौधरीले अदालतको निर्णयले न्यायप्रेमी आम जनताको जित भएको बताए । ‘ परिवर्तनको घाँटी रेट्नेहरु पराजति भएका छन्,’ चौधरीले भने ‘ परिवर्तनकारी शक्तिहरुको बिजय भएको छ ।’

नेकपाका युवा नेता डिल्ली डाँडीले अदालतको फैसलाले कुनैपनि सन्की साशकले अब भबिस्यमा पनि पनि गलत कदम उठाउन नसक्ने बताए ।

बर्षों मेहनत गरेर जनताका प्रतिनिधिले निर्माण गरेको जनताको संविधानको रक्षा गर्न सर्बौच्चले सहासिक फैसला गरेर देशलाई बर्बादीको दिशाबाट जोगाएको उनले बताए । कार्यक्रममा उपस्थित सबैले अभिर लगाएर खुसियाली मनाएका थिए ।

गत पुस ५ गते मन्त्री परिषदको निर्णय पछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको सिफारिसमा हठा्त रुपमा प्रतिनिधिसभा भंग गरेका थिए । जसको चौतर्फी बिरोधमा हुँदै आएको थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *