२०८१ जेष्ठ १५ गते मङ्गलवार

तुलसीपुर खाने पानीको नेतृत्व चुन्न २२ गते निर्वाचन

बिहान साढे ७ बजेदेखि बेलुका साढे ४ बजेसम्म मतदान हुने


तुलसीपुर, फागुन ११ । तुलसीपुर खाने पानी उपभोक्ता समितिको नयाँ नेतृत्व चुन्न फागुन २२ गते निर्वाचन हुने भएको छ ।निर्वाचन समितिका संयोजक अधिबक्ता मोहन धितालले मंगलवार पत्रकार सम्मेलनमा उक्त दिन बिहान साढे ७ बजेदेखि बेलुका साढे ४ बजेसम्म मतदानको समय तोकिएको जानकारी दिए ।

तीन बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुन्न खानेपानी भित्र सात हजार दूई सय ४६ जना उपभोक्ताले मताधिकार पाएका छन् ।
निर्वाचन समितिले निर्वाचन आउनु भन्दा ठिक ११ दिन अगाडि निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । जसमा फागुन ११ गते मतदाता नामाबली प्रकासित गरिने छ । फागुन १४ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।

त्यस्तै फागुन १५ गते उम्मेदवारको नामावली उपर दाबी बिरोध गर्न पाउने समय प्रदान गरिएको छ भने १६ गते इच्छुक उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ । फागुन १६ गते नै उम्मेदवारहरुलाई मतदान चिन्ह प्रदान गरिने भएको छ । फागुन २२ गते बिहान साढे ७ बजेदेखि बेलुका साढे ४ बजेसम्म मतदानको समय सीमा तोकिएको छ ।

मतदाताले खानेपानीले उपलब्ध गराएको महशुल कार्ड, नागरिकता वा सरकारी कार्यालयले उपलब्ध गराएको आफ्नो परिचय खुल्ने परिचय पत्र ल्याउनु पर्ने व्यवस्था गरिएको निर्वाचन संयोजक धितालले बताए । अशक्त मतदातालाई अवस्था हेरी बिशेष ब्यबस्था गरिने भएको छ । त्यस्ता ब्यक्तिहरुको हकमा एकै घरका परिवारले उनीहरुकै सहमतिमा मतदान गर्न पाउने व्यवस्था पनि गरिएको छ ।पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष खेम वली र सचिव मनोज धितालको पनि उपस्थिति थियो ।

प्रकाशित मिति : २०७७ फाल्गुन ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *