२०८१ बैशाख ७ गते शुक्रवार

तुलसीपुर बजार अब रातिमा पनि खोल्नु पर्छ – अध्यक्ष चालिसे

तुलसीपुर, फागुन १० । तुलसीपुर उद्योग वाणिज्यसंघका अध्यक्ष रामप्रसाद चालिसेले रात्रिकालिन बजार खोल्न आवश्यक रहेको बताएका छन् ।रिपोटर्स क्लव दाङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दैै अध्यक्ष चालिसेले वोर्ड राखे बाफत उपमहानगरपालिकालाई कर तिर्ने मुद्दालाई स्थानीय सरकारसंग समन्वय गरेर सम्वोधन गर्ने बताए ।

संघका पुर्व अध्यक्ष विमल रिजालले एकद्धार कर प्रणालिलाई अवलम्वन गर्न राज्यलाई दवाव दिनुपर्ने बताए । ‘एउटा व्यवसायीले आफ्नो पशलको नामाकरण गरेकोमा पनि शुल्क लिने सरकारको कानुनलाई व्यवसायिले स्वीकार गर्न अति कठिन भएको छ,’ रिजालले भने ‘मुलुकको ठूलो बजेटको हिस्सा नीजि क्षेत्रबाट आइरहेको अवस्थामा फेरिपनि व्यवसायिलाई अर्कौ कर भाइरस थोपर्नु उपयुक्त होइन ।’

कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष टंक बुढाथोकी व्यवसायलाई चलायमान बनाउन कर आतंक बन्द गरी एकद्धार कर प्रणाली लागुगर्न बताए । उनले बजार व्यवस्थापनका लागि स्थानीय सरकार, प्रहरी प्रशासन र व्यवसायिहरुको सहकार्यमा रात्री बजार चलाउनसकिने बताए ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियशनले दाङको व्यवसायिक समृद्धिलाई चलायमान बनाउन व्यवसायिक सुरक्षाको खांचो औंल्याए ।प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले व्यापार निशेष आफुहरुको उदेश्य नभएको भन्दै आवस्यकता अनुसार व्यवसायिक सुरक्षा प्रदान गरिने बताए ।

‘हरेक व्यवसायी साथीहरु पुर्वाधार अनुसार परिचालित हुनुपर्ने हुन्छ,’ उनले भने ‘प्रतिष्पर्धात्मक बजारका लागि आफुहरु जहिले पनि सकारात्मक रहेने छौं ।’ कार्यक्रममा व्यवसायी संगित बस्यालले बजारलाई चलायमान गराउन टाइम व्यारीयरको अन्त गरी व्यवसायिक सुरक्षाको प्रत्याभुति दिलाउन स्थानीय प्रहरी प्रशासनलाइ आग्रह गरे ।

दूई पत्रकार सम्मानित
रिपोर्टर्स क्लव दाङले स्थापना गरेको उत्कृष्ट महिला पत्रकारिता पुरस्कार २०७७ बाट रेडियो सञ्जिवनीमा कार्यरत पत्रकार जयन्ती चौधरी र दुर्गा मोतादेबी पत्रकारिता पुरुस्कारबाट रेडियो थाहा सञ्चारमा कार्यरत बिकाश डाँगीलाई जनही पाँच हजार एक सय नगदसहित पुरस्कृत गरिएको छ ।

कार्यक्रममा स्वर्गिय माता पिताका नाममा दुर्गा मोतादेबी पत्रकारिता पुरस्कार स्थापना गरेका प्रमोद लामिछानेलाई सम्मान गरिएको थियो । रिपोटर्स कलवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *