२०८२ असार ३० गते मङ्गलवार

लिखित जवाफ लिएर सर्वोच्‍च पुगे चार पूर्वप्रधानन्यायाधीश

काठमाडौं,फागुन ३ । प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति निकालेका चारजना पूर्वधानन्यायाधीश सर्वोच्च अदालत पुगेका छन्।

माघ १५ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ७ दिनभित्र अदालतमा उपस्थित भएर अदालतको अवहेलना मुद्दामा जवाफ दिन आदेश दिएको थियो।

सोही आदेशअनुसार लिखित जवाफ पेश गर्न सोमबार पूर्वप्रधान न्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र शुशीला कार्की सर्वोच्च पुगेका हुन्।

सर्वोच्चमा प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ चलिरहेका बेला चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै संयुक्त विज्ञप्ति
निकालेका थिए।

अधिवक्ता धनजित बस्नेतले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजिएको भन्दै चार पूर्वप्रधानन्यायाधीशविरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।

संसद विघटनविरुद्ध मुद्दाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ चलिरहेको छ।

आइतबारबाट रिटनिवेदकका तर्फबाट जवाफी बहस सुरु भएको छ।

प्रकाशित मिति : २०७७ फाल्गुन ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *