२०८१ बैशाख १४ गते शुक्रवार

खो–खो प्रतियोगिताको उपाधिका फाइनलखेल सुरु 

तुलसीपुर, फागुन १ । तुलसीपुर अरनिको मैदानमा सञ्चालित दोस्रो जिल्ला स्तरिय महिला तथा पुरुष खो–खो प्रतियोगिता अन्तरगत शनिवार फाइनलको लागि प्रतिपर्धा भइरहेको छ । फाईनल खेल बिहान १० बजेदेखि सुरु भएको प्रशिक्षक उषा कवर मगरले बताए ।

 दाङ जिल्ला खो÷खो संघको आयोजनामा जारी प्रतियोगिताको  पुरुष तर्फ आयोजक तुलसिपुर ‘ए’ र सहिद स्मृति आबासिय माध्यामिक बिध्यालय ‘ए’  फाईनल प्रवेश गरेका छन् ।

  आयोजक तुलसिपुर ‘ए’ ले शुक्रबारको पहिलो सेमिफाइनल खेलमा सहिद स्मृति आबासिय ‘बी’लाई १५ का विरुद्ध १६ अंक स्कोरले जितेर फाइनलको यात्रा तय गरेको थियो । 

त्यस्तै सहिद स्मृति ‘ए’ ले साधना पाठशाला बेलुवालाई सेमिफाइनल खेलमा ७ का विरुद्ध १४ अंक स्कोरले पछाडि पार्दै फाईनलको यात्रा निश्चित गरेको थियो ।

त्यसैगरी महिला तर्फको खेलमा आयोजक तुलसीपुर र सहिद स्मृति आबासिय माबिले फाईनलमा पुगेका छन् । 

स्थानीय स्तरमा खो÷खो खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पुर्याउने  उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिताको पुरुष तर्फ ५ र महिला तर्फ ३ टिमको सहभागिता रहेको छ   

प्रतियोगिताको उद्घाटन समारोह दाङ जिल्ला खो÷खो संघ का कार्यबाहक अध्यक्ष जयबहादुर घर्तीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका पूर्व अध्यक्ष डिल्लीबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको थियो । 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डाँगीले मानव जीवनको अभिन्न अंग खेलकुदको उच्च आदर्शलाई पालना गर्दै अगाडि बढ्न आग्रह गरेका थिए ।

सो अबसरमा दाङ जिल्ला टेवल टेनिस संघका उपाध्यक्ष बालकृष्ण शाह, अनेरास्वबियुका केन्द्रीय सदस्य प्रकाश शर्मा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७७ फाल्गुन १ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *