२०८१ फाल्गुन ६ गते मङ्गलवार

तुलसीपुरका प्रकाश डाँगी र भारतका गुप्ता १७ लाख बराबरका सुनका गरगहनासहित पक्राउ


तुलसीपुर, माघ ३० । दाङ तुलसीपुरका २५ बर्षीय प्रकाश डाँगी र भारतीय नागरिक ३५ बर्षीय पंकजकुमार गुप्ता अबैध सुन चाँदीका गरगहाना सहित पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ बनकट्टा घर भइ घोराही उपमहानगरपालिका वडा नं. १५ दिपशिखा रोडमा डेरागरि बस्ने २५ बर्षीय प्रकाश डाँगी र भारतको उत्तर प्रदेश जिल्ला बलरामपुर तुलसीपुर थाना घर भइ डाँगीसंगै डेरामा बस्ने ३५ बर्षीय पंकजकुमार गुप्तालाई प्रहरीले बिहीवार राति अबैध सुन चाँदीका अबैध गरगहनासहित पक्राउ गरेको हो । दुबै जनाबाट बरामद सुनचाँदीका गरगहनाको बजार मूल्य १७ लाख भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक मुकुन्दप्रशाद रिजालले उनीहरु दुबैजनालाई गोप्य सूचनाका आधारमा घोराही ३ गोग्ली भन्ने स्थानबाट बिहीवार राति पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका ब्यक्ति मध्य डाँगीको साथबाट चारवटा सुनका बाला बरामद भएको र त्यसको तौल गर्दा दूईसय आठ ग्राम ३२ मिलीग्राम रहेको डिएसपी रिजालले जानकारी दिए ।

डाँगीबाट बरामद भएको सुनका बालाहरुको तत्काल बजार मूल्य १६ लाख ६९ हजार ९ सय बढी पुग्ने प्रहरीले जानकारी दिएको छ । त्यस्तै गुप्ताको शरिर खानतलासी गर्ने क्रममा एक किलो पाँच सय १५ ग्राम ३६ मिलिग्राम चाँदीका पाउजुहरु बरामद भएको र तत्कालको बजार मूल्य ५१ हजार चारसय बढी रहेको प्रहरीले जनाएको छ ।

अबैध रुपमा सून चाँदीको ओसार पसार र कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरुको साथबाट १७ लाख बराबरको सूनचाँदीका गरगहना बरामद भएको डिएसपी रिजालले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ माघ ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *