तुलसीपुर, माघ २५ । नेपाली काँग्रेसले तुलसीपुर उद्योग बाणिज्य संघमा पठाउने सबै उम्मेदवारको नाम सार्वजनिक गरेको छ । आइतबार तुलसीपुरस्थित एकान्त होटेलमा पत्रकार सम्मेलन गरि काँग्रेसले आफ्नो पार्टीको तर्फबाट संघमा पठाउने उम्मेदवारहरुको नाम सार्वजनिक गरेको हो ।
उम्मेदवार छनोट समितिका सदस्य सुरेन्द्र खड्काले अध्यक्षमा टेकनप्रशाद बस्नेत (हिमाल), ललितजंग शाह उद्योग उपाध्यक्ष, गोकर्णप्रशाद गिरी बाणिज्य उपाध्यक्ष, देबबहादुर केसी खुल्ला उपाध्यक्ष, बिनिल केसी महासचिव, सचिव खुलश शर्मा,दिलबहादुर वली कोषाध्यक्ष र कमल गौतमलाई सहकोषाध्यक्षको उम्मेदार बनाइएको घोषणा गरेका हुन ।
त्यस्तै सदस्यहरुमा जनक रावत, झुपलाल खड्का, लिलामणि चौधरी, पवन केसी, कृष्ण डाँगी, महिला सदस्यमा यमुना घिमिरे, निलम बस्नेत, प्रमोद सोनी संस्थागत सदस्य र संदिपन रिजाललाई एसोसियट सदस्यको उम्मेदवार बनाएको उम्मेदवार छनोटा समितिका सदस्य खड%Aकाले बताए ।
पत्रकार सम्मेलन नेपाली क%Bँग्रेसका नेता तथा उम्मेदवार छनोट समितिका संयोजक केशब आचार्यको अध्यक्षतामा भएको हो । उनले पार्टीले छनोट गरेका उम्मेदवारका बिरुद्ध दायाँ बायाँ गर्ने जो कोहीलाई कारबाही हुने चेतावनी दिए ।
कार्यक्रममा छनोट समितिका अर्का सदस्य तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति जगतबहादुर खड्काले काँग्रेसले छनोट गरेका सबै उम्मेदवारलाई सघाउन र अत्यधिक बहुमतले बिजयी बनाउन आग्रह गरे । संघमा आइतबार दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने समय सीमा तोकिएको छ । सोमवार उम्मेदवारी फिर्ता लिन पाउने समय प्रदान गरिएको छ ।
फागुन १ गते निर्वाचनको मिति घोषणा गरिएको छ । तुलसीपुर बाणिज्य संघमा झन्डै १८ सयको हाराहारीमा मतदाता रहेका छन् ।