२०८२ असार २७ गते शनिवार

व्यवसायिक एकता आजको आवश्यक्ता – ढकाल


तुलसीपुर, माघ २४ । नेपाल उद्योग वाणिज्य महासघंका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले व्यवसायिक एकतामा जोड दिएका छन् । शनिवार तुलसीपुर उद्योग बाणिज्य संघको २६औं साधारण सभालाई सम्वोधन गर्दै व्यवसायिक हक हितका लागि व्यापारीहरुका बीचमा एकता अपरिहार्य रहेको बताएका हुन । उनले राज्यले लगानी मैत्री वातावरण निर्माण गरेमा नीजि क्षेत्र लगानी गर्न तयार रहेको बताए ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत (बिरु)को अध्यक्षतमा भएको साधारणसभालाई तुलसीपुरका मेयर घनश्याम पाण्डेले सम्वोधन गर्दै तुलसीपुर क्षेत्रको बिकाश र व्यापारका लागि बाणिज्य संघले निर्वाह गर्दै आएको भूमिका महत्वपूर्ण रहेको भन्दै भविस्यमा पनि यस्तै एकता बद्ध संघको अपेक्षा गरे ।

कार्यक्रममा संघका उपाध्यक्ष ललितजंग शाहले यसअघि नै घोषणा गरेको तीन लाख तीन हजार रकम रासीको चेक संघका अध्यक्ष रावतलाई हस्तान्तरण गरेका थिए । संघको साधारण सभाले नयाँ नेतृत्व चयन गर्ने छ । यसका लागी आइतबार  दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको छ ।भदौ १ गते निर्वाचनको मिति तोकिएको छ ।

नेपाली काँग्रेसले पूर्व अध्यक्ष टेकनप्रशाद बस्नेत (हिमाल)को नेतृत्वमा र नेकपाले निर्वतमान बरिष्ठ उपाध्यक्ष रामप्रशाद चालिसेको नेतृत्वमा संघमा उम्मेदवारी घोषणा गरेका छन् । तुलसीपुर बाणिज्य संघमा झन्डै १ हजार ८ सय जति मतदाता रहेका छन् ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *