२०८१ भाद्र २३ गते आइतवार

गढवामा प्रज्वल स्मृति प्रतियोगिताहरु सुरु

देउखुरी, माघ १७ । देउखुरीको गढवामा प्रज्वल स्मृति अध्ययन केन्द्रको आयोजनामा विभिन्न प्रतियोगिताहरु सुरु भएका छन् । प्रज्वल स्मृति अध्ययन केन्द्रको बार्षिक सप्ताह कार्यक्रम अन्तरगत सितरियो कराँते, क्रिकेट र नित्य प्रतियोगिता सुरु गरिएको छ

गढवा वडा नम्बर ५ जारी सितरियो कराँते प्रतियोगितमा २५ केजीदेखि ६० केजी तौलसमुहका खेलाडीहरु बिच प्रस्तिस्पर्धा हुने प्रज्वल स्मृति अध्ययन केन्द्रका अध्यक्ष मधुसूदन वलीले जानकारी दिए ।

कराँते टिम तर्फ पहिलो स्थान हासिल गर्ने समुहले १५ हजार, दृतिय स्थान हासिल गर्नेले १० हजार, तृतिय स्थान हासिल गर्नेले ५ हजार प्राप्त गर्ने छन् । प्रत्येक केजी तौल समुहमा पहिलो हुने खेलाडिले एक हजार, दृतिय हुनेले ७ सय र तेस्रो हुने खेलाडिले ५ सय रुपैया प्राप्त गर्ने छन ।

त्यस्तै प्रतियोगिता अन्तरगत क्रिकेटमा प्रथम स्थान हासिल गर्नेले २० हजार , दृतिय हुने टिमले १० हजार पुरस्कार प्राप्त गर्ने छन । म्यान अफ द म्याच हुने खेलाडिले ५०० र म्यान अफ द सिरिज स्थान प्राप्त गर्ने खेलाडिले २ हजार प्राप्त गर्ने छन ।

त्यस्तै नृत्य तर्फ पहिलो हुने समुहले १५ हजार, दोस्रो हुने समुहले १० हजार रुपैंया प्राप्त गर्ने आयोजक समितिले जनाएको छ ।

प्रज्वल स्मृति अध्ययन केन्द्रको सप्ताह व्यापी कार्यक्रम अन्तरगत क्रिकेट ,सितरियो कराते तथा नित्य बिधामा देउखुरी स्तरिय खेलाडी तथा कलाकारहरु प्रतिस्पर्धा गरिरहेका छन ।

प्रकाशित मिति : २०७७ माघ १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *