तुलसीपुर,माघ १० ।लायन्स क्लबस् इन्टरनेशनल डिष्ट्रिक ३२५ बि टू नेपालका डिष्ट्रिक्ट गभर्नर लायन शम्भु नकर्मीले लायन्स क्लव अफ दाङले सामाजिक क्षेत्रमा ऐतिहासिक काम गरेको बताएका छन् ।
शनिवार लायन्स क्लव अफ दाङको नवनिर्मित भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नकर्मीले क्लवले सामाजिक क्षेत्रमा गरेका हरेक कार्य सर्हानिय भएको बताए ।
लायन्स क्लव अफ दाङका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई समृद्ध बनाउन लायन्स क्लवले अतुलनिय भुमिका बहन गरेको चर्चा गरे ।
‘हामीले चाहेमा विकास परिवर्तन सम्भब छ,’ पाण्डेले भने ‘सबै मिलेर उपमहानगरपालिकालाई नमुना बनाउन तर्फ लागौँ ।’
लायन्स क्लवको जग्गामा अस्पताल खोल्ने योजना प्रशंसनिय रहेको र अस्पताल निर्माण गर्न उपमहानगरपालिकाले सहकाय गर्ने उनले आश्वासन दिए । तुलसीपुरमा न्यूनतम शुल्कमा स्वास्थ्य सेवा दिन सक्ने अस्पतालको खाँचो औंल्याए ।
कार्यक्रममा लायन्स क्लव अफ दाङका पुर्व अध्यक्ष बिनोद कुमार श्रेष्ठ, नवनिर्मित भवन निर्माण समितिका अध्यक्ष एबम् क्लबका पूर्व अध्यक्ष यज्ञबबहादुर केसी, तुलसीपुर ६ का अध्यक्ष नवराज लामिछाने,नेपाल नेत्र ज्योती सघं दाङका सभापति कृष्ण गिरी,महिला अधिकारकर्मी सुष्मा गिरी लगाएतले मनतब्य व्यक्त गरेका थिए ।
त्यस्तै कार्यक्रममा रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी, एनप्याव्सनका प्रदेश संयोजक सुवोद डाँगी, लियो क्लव अफ तुलसीपुर दाङका अध्यक्ष सञ्तोष केसी, इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिवबहादुर सिंह मनतब्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न माध्यमबाट भवन निमार्णमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
क्लवका लागि तुलसीपुर उपमहानगरपालिका वडा नं ६ गाइडरका देवेन्द्र केसी र धुर्व केसीले स्व. बुबा कृष्णबहादुर केसी र स्व. आमा मनकुमारी केसीको सम्झनामा झण्डै २ विगाहा जग्गा प्रदान गरेका थिए ।
त्रिशिद्धेश्वरी महिला क्लवका अध्यक्ष यमुना शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण लायन्स क्लव अफ दाङका सचिव बिनिल केसी र सहसचिव भोजराज न्यौपानेले गरेका हुन ।