२०८१ बैशाख ८ गते शनिवार

बाहालवाला उपाध्यक्ष हुँ, म अध्यक्षमा सजिलै जित्न सक्छु – ललितजंग शाह


तुलसीपुर, माघ ६ । तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष ललितजंग शाहले पार्टीले टिकट दिए अध्यक्षमा चुनाव जितेर देखाइदिने बताएका छन् । फरककोण संगको संबादमा उपाध्यक्ष शाहले आफुलाई नेपाली काँग्रेसले टिकट दिनेमा विश्वस्त सुनिए ।शाहले भने ‘ पार्टीले मलाई टिकटपनि दिन्छ र म निर्वाचनपनि सजिलै जितेर देखाउने छु।’

संघको सचिव, कोषाध्यक्ष र हाल बाहालवाला उपाध्यक्षको जिम्मेवारी कुसलता पूर्वक निर्वाह गरेको हुँदा पार्टी पंक्ति र सबै व्यापारी साथीहरुले समेत आफुलाई नै मन पराउने उनले दाबी गरे । उपाध्यक्ष शाहले आफु खुल्ला दिलको मान्छे भएको भन्दै आफुले चुनाव जिते व्यापारीक हकहितमा खुल्ला मनले समर्पित भएर काम गर्ने बताए ।

‘बाणिज्य संघको नेतृत्व लिने व्यक्तिले बाटा घाटा, पुल पुलेसा वा कुनै विकाश निर्माणका काम गर्ने हैन,’ शाहले भने ‘ व्यापारीका पिरमर्का बुझेर काम गर्ने हो । म व्यापारीकै हितमा सर्मपित भएर काम गर्ने छु ।’

आफुलाई काँग्रेसले टिकट दिएमा फरक मत राख्ने दलका व्यवसायिहरुले समेत आफुलाई मतदान गर्ने उनले आशा व्यक्त गरे । तर, उनले पार्टीको निर्णय आफुले मान्ने र पार्टीको आदेश बमोजिम चल्न स्पष्ट पारे ।

सकभर सर्वसहमतिमै नेतृत्व चुन्नुपर्ने उनको धारणा थियो । व्यापारिक संघ संस्थामा चुनाव गराएर नेतृत्व चयन गर्दा पक्ष र प्रतिपक्ष हुने हुँदा काम गर्न समस्या हुने उनले बताए ।

‘ म अध्यक्षको प्रमुख दाबेदार हुँ र म चुनाव भएपनि सजिलै चुनावपनि जित्छु,’ शाहले भने ‘ तैपनि सकभर सर्वसहमितमै नेतृत्व चयन गर्नु पर्छ भन्ने मेरो मान्नेता हो ।’ तुलसीपुर उद्योग वाणिज्य संघको अधिवेशन माघ २४ गते र निर्वाचन फागुन १ गते यसअघि नै घोषणा भइसकेको छ । यो मिति घोषणा भएसंगै संघको नेतृत्वमा आ–आफ्नो दाबीहरु सुरु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ माघ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *