२०८१ भाद्र २६ गते बुधवार

खुला भलिबलको उपाधि रुकुम पश्चिमले जित्यो

तुलसीपुर, पुस २६ । दाङको तुलसीपुरमा भएको खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल संघ रुकुम पश्चिमले जितेको छ । स्वतन्त्र युवा क्लब तुलसीपुरको आयोजनामा तुलसीपुरको अरनिको मैदानमा भएको फाइन खेलमा सशस्त्र प्रहरी बल नं. ५ बाहिनीलाई २५–२३,२५–१८ र २५–१५ को सोझो सेटमा हराउँदै रुकुम पश्चिमले उपाधि जितेको हो ।

उपाधी संगै उसले नगद ५० हजार,ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपबिजेतामा चित्त बुझाउन बाध्य सशस्त्र प्रहरी बल नं. ५ बाहिनी २५ हजार प्राप्त ग¥यो ।

प्रतियोगितामा डिबीफेसन गार्मेट तृतिय भयो । उसले नगद १५ हजार पुरस्कार प्राप्त ग¥यो ।
सो अबसरमा प्रतियोगिता अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ सशस्त्र प्रहरी बल नं. ५ बाहिनी का ललित थापा मगर बेष्ट लिब्रो, रुकुम पश्चिमका सुजन चोखाल बेष्ट सेटर र सुस्ता गाउँपालिका नवलपरासी सुरेन्द्र गुरौ बेष्ट स्पाकर घोषित भए ।

स्थानीय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडीको पहिचान र बिकासमा टेवा पु¥याउने उदेश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाले बताएको छ ।प्रतियोगितामा २१ टिमको सहभागिता रहेको थियो ।

यसैविच प्रतियोगिता समापन समारोह आयोजक क्लबका अध्यक्ष संदिप गौतमको अध्यक्षता र नेपाली काँग्रेस यातायात बिभाग केन्द्रीय सदस्य सुरेश हमालको प्रमुख आतिथ्यमा भएको हो ।

तुलसीपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकल कार्यक्रमका बिशिष्ट अतिथि थिए ।

प्रकाशित मिति : २०७७ पुष २६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *