२०८१ बैशाख १३ गते बिहिवार

९ महिनादेखि सिनेमा हलहरु बन्द रहँदा चलचित्र क्षेत्र नै थला प¥यो – डा. अमर गिरी

तस्विर : राजेश खत्री

तुलसीपुर,पुस २४ ।चलचित्र बिकास बोर्डका पूर्व अध्यक्ष डा. अमर गिरीले राज्यले चलचित्र क्षेत्रलाई गम्भीरतापूर्वक लिन नसकेको बताएका छन् । चलचित्र पत्रकार सघं दाङले शुक्रवार घोराहीमा आयोजना गरेको ‘चलचित्र क्षेत्रमा कोरोनाको प्रभाव र अबको बाटो,अवस्था,सम्भावना र चुनौती विषयक चलचित्र बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै गिरीले कोभिड–१९ कारण विश्वभर चलचित्र प्रभावित हुदाँ नेपाली चलचित्र पनि यसबाट अछुतो हुन नसकेको बताए ।

‘तर, अहिले सबै क्षेत्र सञ्चालन भइसकेको समयमापनि चलचित्र क्षेत्र भने सञ्चालनमा आउन नसक्नु दुःखद् पक्ष हो,’ उनले भने । विगत नौ महिनादेखि सिनेमा हलहरु बन्द अवस्था रहँदा चलचित्र क्षेत्र नै थला परेको महसुस भएको उनले बताए ।कोरोना महामारीले गर्दा निमार्ता÷निर्देशकहरुले फिल्म चल्दैनन् कि ? भन्ने डरले त्यसतर्फ चासो नदिएको पनि उनले बताए ।

‘एकातर्फ बनेका फिल्महरु समेत रिलिज हुन सकिरहेका छैनन् भने अर्कोतर्फ निमार्ताहरुले फिल्म बनाउनै नचाहेको अवस्था छ,’ उनले भने ‘त्यसमा पनि अहिलेको अवस्थामा दर्शकहरु फिल्म हेर्न हल सम्म जाने अवस्था पनि छैन।’

कोरोना रोगका कारण थलिएको चलचित्र क्षेत्रलाई अब सावधानी अपनाउदै पूर्नंउत्थान गर्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा निर्माता एवं निर्देशक मुनाल घिमिरेले कोरोनाका कारण चलचित्र क्षेत्र लथालिङ्ग अवस्थामा रहेको भन्दै चलचित्र विकास बोर्डले यस विषयमा सरकारसँग सम्वाद गर्न जरूरी रहेको बताए । चलचित्र क्षेत्रलाई गतिशील बनाउन चलचित्र विकास बोर्ड चलायमान बन्नुपर्ने उनको जोड छ ।

त्यस्तै निर्माता रोहित अधिकारीले सिनेमा हलहरुले लामो समय देखि रकम नदिएको गुनासो गरे । मनकासी सिनेमा हल घोराहीका संचालक ललित श्रेष्ठले चलचित्र निमार्ण सघंले नयाँ चलचित्र नदिएका कारण सिनेमा हल सञ्चालनमा आउन नसकेको बताए ।

चलचित्र पत्रकार सघं दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासघं दाङका अध्यक्ष सविन प्रियासनले अब सावधानी अपनाउदै सिनेमा हलहरु सञ्चालन गर्नुपर्ने बताए ।

कार्यक्रममा चलचित्र पत्रकार सघं दाङका पूर्वअध्यक्ष ध्रुवराज न्यौपाने, सिस्नोपानी नेपाल दाङमा अध्यक्ष डा.लोकराज पराजुली,कलाकार कमल गाउँले,नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी, रिपोर्टस क्लव दाङमा अध्यक्ष शरद रेग्मी लगाएतले मनतब्य व्यक्त गरेका थिए ।
चलचित्र पत्रकार सघं दाङका उपाध्यक्ष सन्तोष केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव पूर्ण केसीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *