२०८१ भाद्र २३ गते आइतवार

भगौडाका कुरा नसुन्न कार्यकर्तालाई प्रधानमन्त्री ओलीको आग्रह


दाङ, पुस २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी छोडेर हिँडेका भगौडाको कुरा नसुन्न कार्यकर्तालाई आग्रह गरेका छन् । शुक्रबार धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भगौडाहरु जाँदैमा पार्टीमा कुनै असर नपुग्ने आशय व्यक्त गरे ।

पार्टी छोडेर हिँडेका र गाली गर्दै हिँडेका भगौडाको कुरा नसुन्न उनले आग्रह गरे । उनले केन्द्रीय कमिटीको बैठकमा नआएर बाहिर भागेर गएर यहाँ छौं भन्दै हिड्नेको कुनै तुक नरहेको बताए ।

उनले व्यङ्ग्य गर्दै भने ‘उनीहरू बैठकमा नआएर कहाँ गए भन्दै हेरेको त बाटामा बसेर हामी यहाँ छौं पो भनिरहेका छन्।’प्रधानमन्त्री ओलीले सडकमा गएर गाली गलौज र अश्लिल गाली गलौज गर्ने गरेको भन्दै असन्तुष्टि पोखे ।

प्रचण्ड र माधव नेपालले नेतृत्व गरेको जुलुसका सहभागिहरुले अश्लिल नारा र गालीगलौज गरेपनि आफुहरुलाई त्यस्तो गर्ने फुसर्द नरहेको बताए ।

प्रकाशित मिति : २०७७ पुष २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *