२०८१ भाद्र २३ गते आइतवार

प्रधानमन्त्रीको कदम बिरुद्ध मिलेर संघर्ष गर्ने तीन दलको निर्णय

काँग्रेस पार्टी कार्यालमा तीन दलका संयुक्त बैठक

काठमाडौं, पुस ६ । नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूह र जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरूद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सोमबार भएको तीन दलको संयुक्त बैठकले नेकपाका अध्यष समेत रहेका प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै त्यस विरुद्ध मिलेर संघर्ष गर्ने निर्णय गरेको हो ।

तीन पार्टीले आ–आफ्नो पार्टीको बैठकबाट संघर्षका कार्यक्रम घोषणा गर्ने निर्णय गरेका बैठक पछि नेताहरुले बताएका छन् ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलवार तीनवटै दलको केन्द्रीय कमिटी बैठक बस्ने र त्यही संघर्षका कार्यक्रम बारे निर्णय हुने जानकारी दिए । त्यसपछिका थप संघर्षका कार्यक्रम पनि सल्लाह गरेर सार्वजनिक गर्ने निर्णय भएको श्रेष्ठले बताए ।

बैठकमा कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित पदाधिकारी, नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल, प्रवक्ता श्रेष्ठलगायत र जसपाबाट अध्यक्ष महन्थ ठाकुर लगाएतका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति : २०७७ पुष ६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *