२०८१ असोज ३ गते बिहिवार

जिल्लास्तरीय वार्षिक समीक्षा पुस १९ गते हुने

फाइल तस्विर

घोराही, पुस ३ ।जिल्ला समन्वय समिति दाङले ‘जिल्लास्तरीय वार्षिक’ समीक्षा गोष्ठी गर्ने भएको छ । समन्वय समितिको शुक्रवार बसेको बैठकले पुस १९ गतेदेखि स्थानीयतह, संघिय कार्यालय, प्रदेशस्तरीय कार्यालय र गैरसरकारी संस्थहरुको प्रगती विवरण बारे समिक्षा गर्ने भएको छ ।जसमा चालु आर्थिक बर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रमको पनि समिक्षा हुने भएको छ ।

वार्षिक समीक्षा गोष्ठीको तयारीको लागि समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको संयोजकत्वमा तयारी समिति पनि गठन गरिएको छ । समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्यहरु जक्तबहादुर बस्नेत, लोकीकुमारी विक र कर्मचारीहरु सावित्री श्रेष्ठ, डायमन खड्का, यमकुमार बस्नेत र इन्द्र डिसी रहेका छन् ।

साथै बैठकले दशवटै पालिकाको विकास निर्माणको पुस ६ गतेदेखि नियमित अनुगमन गर्ने निर्णय गरेको छ । अनुगमनको लागि समन्वय समितिका प्रमुख र उपप्रमुखको संयोजकत्वमा दूईवटा समिति गठन गरिएको छ ।

त्यस्तै बैठकले वार्षिक समीक्षाका लागि सुझाव लिन पुस ५ गते दाङ विकास सल्लाहकार परिषदका सदस्यसंग छलफल गर्ने निर्णय गरेको छ । अभियान अन्तर्गत पुस ११ गते दंगीशरण गाउँपालिकामा सामुहिक बैठक बस्ने निर्णय पनि भएको छ ।

बैठकमा पालिकाहरुले गरेको विकास निर्माण र समस्याका बारेमा छलफल हुने समन्वय समितिले जनाएको छ । बैठक समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा बसेको हो ।

प्रकाशित मिति : २०७७ पुष ३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *