काठमाडौं, मंसिर १५ । डिआइजी विश्वराज पोखरेल एआइजी पदमा बढुवाका लागि सिफारिस भएका छन् बढुवा समितिको सोमबार बसेको बैठकले त्यस्तो सिफारिस गरेको हो।
बढुवा समितिमा गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था छ।
डिआइजी पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । पोखरेल कनिष्ठ ब्याचबाट यसअघि पनि डिआइजी बढुवा भएका थिए।
प्रकाशित मिति : २०७७ मङ्सिर १५ गते सोमवार