तुलसीपुर,मंसिर १२ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ७ स्थित राप्ती शान्ति उद्यान प्रबेशद्धार नजिक द जंगल रेष्ट्रो एण्ड बार सञ्चालनमा आएको छ ।
रेष्ट्रोको शुक्रवार एक कार्यक्रमका बिच तुलसीपुर उपमहानगरपालिका वडा नं ७ का वडा अध्यक्ष टोपबहादुर केसीले रिबन काटेर उद्धघाटन गरेका हुन ।
कोरोना महामारीको बिचमा पनि स्वास्थ्य सावधानी अपनाएर स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र स्थानीयलाई नै रोजगारी दिने उद्देश्यका साथ रेष्ट्रो संचालनमा ल्याएको सञ्चालक प्रभात भण्डारीले बताए ।
३ जना युवाहरु मिलेर ५५ लाखको लगानीमा उक्त रेष्ट्रो सञ्चालनमा ल्याएको उनले बताए । रेष्ट्रोको पेजलाइक तथा शेयर गर्नेलाई १० प्रतिशत छुट समेत प्रदान गरिने उनको भनाई छ ।
शान्त, एकान्त एवं जंगलको बीचमै बसेर मनोरम दृश्यका साथ समय बिताएको अनुभूति दिनका लागी सो रेष्ट्रोको परिकल्पना गरी काम सुरु भएको अर्का सञ्चालक अमर रिजालले बताए ।
पार्कको बाहिरपट्टि कम्तिमा २ कठ्ठा जग्गा १० बर्षका लागि लिजमा लिएर आफुहरुले यो व्यवसाय सुरु गरेको अर्का सञ्चालक प्रकाश भण्डारीले बताए ।
रेष्ट्रोबाट हाल यहाँका ७ जना युवाहरुले प्रत्यक्ष रोजगारी पाइरहेका छन ।
सञ्चालक सदस्य अमर रिजालको अध्यक्षता तथा वडाध्यक्ष केसीको प्रमुख आतिथ्यता एवं तुलसीपुर उद्योग वाणिज्य संघका सदस्य हेमराज गौतमको विशिष्ठ आतिथ्यतामा उक्त कार्यक्रम भएको हो ।
सञ्चालक प्रभात भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार बसन्त पौडेलले गरेका थिए ।