२०८३ जेष्ठ ३० गते शनिवार

घोराहीमा एक करोड लगानीमा खुल्यो थारु परिकार खान पाइने रिर्साट

घोराही, कार्तिक ३० । घोराहीमा स्थानीय परिकारलाई प्रबद्र्धन गर्ने उद्देश्यले नयाँ रिसोर्ट सञ्चालनमा आएको छ । घोराही उपमहानगरपालिका वडा नं. १६ सानी अम्बापुरमा हस्पिटालिटी गुरुपले कविला रिसोट सञ्चालनमा ल्याएको हो । झण्डै एक करोडको लगानीमा सञ्चालनमा आएको रिसोर्ट कार्तिक २६ गतेदेखि सञ्चालनमा आएको छ ।

जिल्लामा आउने आन्तरिक र वाह्य पर्यटकलाई लक्षित गर्दै नयाँ रिसोर्ट सञ्चालनमा ल्याएको कविला हस्पिटालिटी ग्रुपका अध्यक्ष केबी चौधरीले बताए । स्थानीय अर्गानिक र हाइजनिक परिकारको केन्द्र बनाउने मुख्य लक्ष्य रहेको उनले बताए । खास गरी सुदरमुकामका आन्तरिक पर्यटक हुन वा वाह्य पर्यटक सबैले थारु परिकार भएको रिसोर्ट खोज्ने भएकाले ती ग्राहकलाई लक्षित गरेर हामीले विशेष थारु परिकार र अन्य परिकार सहित कविला रिसोर्ट सञ्चालनमा ल्याएको अध्यक्ष चौधरीले बताए ।

उनका अनुसार रिसोर्टमा थारु परिकार ढिक्री, अनदी चामलको रोटी, सुँगुर, लोकल कुखुरा, बधिया भाले, हाँस, खसी, मुसाको मासु, माछा, गंगटा, घोङीलगायत स्थानीय उत्पादनको परिकार उपलब्ध छ ।

करिब ७ कठ्ठाको क्षेत्रफलमा सञ्चालित रिसोर्ट अबको केही महिनामा ३०० जना सहभागी अटाउने क्षमता भएको एसी सहितको सेमिनार गोष्ठी हल पनि सञ्चालनमा ल्याउने रिसोर्टको डाइरेक्टर विकास चौधरीले बताए । तत्काललाई खाजा, नास्ता र मिनी सेमिनार गोष्ठी कार्यक्रम गर्नलाई सुरुवात गरिए तापनि केही दिनमा बास बस्नका लागि सुविधा सम्पन्न एसी रुम सहित सुविधा प्रदान गर्ने उनले जानकारी दिए ।

अहिले पूर्वाधार निर्माणकै क्रममा रहेकाले ढिलोमा फागुन–चैतसम्म उक्त सुविधाहरु सञ्चालनमा आउने उनको भनाइ छ । यसैगरी बजारको होटेलभन्दा सस्तो, शुलभ, शान्त वातावरणमा भएकाले आफूहरुले ग्राहकको मन जित्नसक्ने रिसोर्ट सञ्चालक भुवन चौधरीले बताए ।

‘तत्काललाई एक करोडको लगानीमा सुरु गरिए तापनि हाम्रो लक्ष्य पाँच करोडको सुविधा सम्पन्न रिसोर्ट सञ्चालन गर्ने हो’, उनले भने—कोरोनाको कारणले भौतिक पूवार्धार निर्माणमा केही ढिलाइ भएको छ, विस्तारै यसको लगानी बढ्ने र रिसोर्टका अन्य सुविधा पनि बढाउँदै जान्छौँ ।’

रिसोर्टको विधिवत रुपमा उद्घाटन लुम्बिनी प्रदेश सभाका सदस्य अम्मरबहादर डाँगीले गरेका हुन । रिसोर्टको उद्घाटन गर्दै प्रदेशसभा सदस्य डाँगीले स्थानीय परिकार, कला, संस्कृतिको प्रबद्र्धनसँगै पर्यटनको विकासमा कविला रिसोर्टले थप सहयोग पु¥याउने कुरामा आफू विश्वस्त रहेको बताए ।

सबै तस्बिर : राजेश खत्री 

प्रकाशित मिति : २०७७ कार्तिक ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *