२०७७ मङ्सिर १७ गते बुधवार

आज बाट १८० भन्दाबढी विदेशी च्यानलको प्रसारण बन्द हुनेछ


काठमाडौं, कार्तिक ७ । आज शुक्रबार मध्यरात १२ बजेपछि नेपालमा प्रसारण हुने विदेशी च्यानलमा क्लिन फिड लागू हुने भएको छ ।

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले बिहीबार सूचना जारी गर्दै ८ कात्तिकदेखि विदेशी च्यानल क्लिन फिड (विज्ञापनमुक्त) हुनैपर्ने बताएको छ । ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६’ विदेशी टेलिभिजन च्यानललाई कार्तिक ७ गतेसम्म क्लिन फिड भइसक्नुपर्छ ।

भारतीय ब्राडकाष्टर्स फोरम, डिस्कभरी नेटवर्क्स, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासंघ जस्ता संघसंस्थाबाट क्लिन फिड प्रसारणको म्याद थप्न माग गरेपनि सरकारले अस्वीकार गरेको छ । क्लिनफिडसहित च्यानल प्रसारण नभएमा कानून बमोजिम हुने मन्त्रालयले बताएको छ ।

२०७५ कात्तिक ८ गते राजपत्रमा प्रकाशित ऐनले क्लिन फिडमा जान सेवा प्रदायकहरूलाई एक वर्ष समय दिएको थियो ।

नेपाल केबल टेलिभिजन महासंघका अनुसार आज मध्यरातबाट ३२ वटा मात्रै विदेशी च्यानल प्रशारण हुने अवस्था छ । प्याकेजमा किनिने र सित्तैमा बजाउन पाइने गरी करिब १८० भन्दा बढी च्यानलको प्रसारण तत्कालका लागि बन्द हुनेछन ।

‘जी’को १२ वटा र सोनीको ८ वटा च्यानल क्लिन फिडसहित आज मध्यरातबाटै प्रसारण हुनेछन् भने कार्टुनका च्यानल, बीबीसी अलजजिरा, स्टार्स र कलर्स प्याकेजका च्यानलहरु तत्कालै नेपालमा प्रसारण नहुने भएका छन् ।

अब फुटबल र क्रिकेटका च्यानलहरु बन्द हुन्छन् केही समय ३२ वटा विदेशी च्यानलमा ग्राहकले चित्त बुझाउनु पर्नेछ । फ्रि टु एयर मा सित्तैमा उपलब्ध हुने १२० वटा च्यानल पनि आज मध्यरातबाटै बन्द हुनेछन् ।

भारतीय न्युज च्यानलमध्ये अब ‘जी न्युज’ मात्रै टिभी च्यानल देखिनेछ ।

प्रकाशित मिति : २०७७ कार्तिक ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *