२०८१ चैत्र ६ गते बुधवार

चिनजानकै साथीको विश्वासमा पर्दा एक किशोरीले सामुहिक बलात्कार खेपिन

तुलसीपुर, असोज २६ । दाङको तुलसीपुरकी एक किशोरीले चिनजानकै साथीहरुको विश्वासमा पर्दा सामुहिक बलात्कार खेप्नु परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ रानीजरुवा निवासी १७ बर्षीया एक किशोरीलाई उनकै चिनजानका साथीहरु तुलसीपुर ५ का १८ बर्षीय विष्णु बुढाथोकी र तुलसीपुर ७ निवासी १८ बर्षका करण सार्कीबाट सामुहिक बलात्कार खेप्नु परेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले चिनजानकै साथीहरु हुन भनेर विश्वासमा परि उनीहरुकै पछि लाग्दा ती किशोरीमाथि सामुहिक बलात्कार भएको जस्तो देखिन आएको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको बताए ।

‘पीडित किशोरी असोज २२ गते बेलुका आफ्ना केटी साथीहरुको साथ लागेर रानी जरुवा क्षेत्रमा घुम्न गएकी रहिछन,’ डिएसपी शाहले भने ‘ घुम्दै उनीहरु नजिकैको झुलुङ्गे पुलसम्म पुगेछन् । त्यहाँ ती केटाहरुले भेटेपछि उनलाई बोलाएपछि उनी उनीहरुको साथमा लागेको देखिन्छ।’

साँझ परेपछि एकछिनमा जाने भन्दै उनीहरुले भुलाएको र स्थानीय एक रित्तो घरमा लगेर राति सामुहिक बलात्कार गेरेको भन्ने जोहेरी पीडितले प्रहरी समक्ष दिएकी छन् । ती किशोरी राति घर नआएपछि खोज्दै जाने क्रममा विहान रुँदै बाटोमा हिडिरहेको अवस्थामा फेला परेकी थिइन ।

बाबु आमा नभएकी ती किशोरी हजुर आमा संग बस्दै आएकी छिन् । घटनावारे थप अनुसन्धान भइरकेको तथा सामुहिक बलात्कारमा संलग्नहरुको खोजी तीव्र रुपमा भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *