२०८३ जेष्ठ २४ गते आइतवार

सोमवार दाङमा थपिए ५३ नयाँ संक्रमित


तुलसीपुर, असोज २६ । दाङमा सोमवार कोरोना भाइरहसका ५३ जना नयाँ संक्रमित थपिएका छन् ।जिल्ला फोलक पर्सन कमल चन्दका अनुसार घोराहीमा २७, तुलसीपुरमा १७ , बबईमा ६, लमही, राप्ती र गढवामा १÷१ जना संक्रमित थपिएका छन् । चन्दका अनुसार बबई गाउँपालिकाकामा फेला परेका संक्रमित मध्य बढी जनप्रनिनिधि र कर्मचारी रहेका छन् ।

तुलसीपुरमा थपिए १७ नयाँ संक्रमित
तुलसीपुरमा सोमवार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुलाई संक्रमन पुष्टि भएको हो । संक्रमित हुनेमा १८ महिने बालिकासहित अन्य ६ महिना र १० पुरुष रहेका छन् ।

तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा नं. ६ मा सबैभन्दा बढी ११ जनालाई कोरोना पुष्टि भएको छ । जसमा २५, २८, २८, २९,३२,३७ र ४९ बर्षका गरि ८ जना पुरुष छन् भने १८ महिनाकी बालिकासहित २७ र ४७ बर्षीया महिला रहेका छन् ।

त्यस्तै वडा नं. ५ मा फेला परेका ३ जना संक्रमित मध्य २८ र ४१ बर्षीया महिला र ४३ बर्षका पुरुष छन् । त्यस्तै वडा नं. ७ मा १ जना ३८ बर्षीय पुरुषमा पनि सोमवार संक्रमन पुष्टि भएको छ । सोमवार फेला परेका मध्य केही संक्रमित सरकारी कार्यालयका कर्मचारी समेत रहेको फोकल पर्सन केसीले बताए ।

यो संगै तुलसीपुरमा सोमवारसम्म कोरोना संक्रमितको संख्या ३२४ पुगेको छ । त्यसमध्य सक्रिय संक्रमितको संख्या १०६ पुगेको छ । सोमवार सम्म २१८ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *